शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री राउतद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

मङ्गलबार, ०७ साउन २०७६, २३ : ११
मङ्गलबार, ०७ साउन २०७६

जनकपुर-मुख्यमन्त्री लालबाबु राउतले महोत्तरी जिल्लाको बाढी प्रभावित क्षेत्रको आज निरीक्षण गरेका छन् । प्राविधिक टोलीसहित महोत्तरीका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा पुगेका मुख्यमन्त्री राउतले महोत्तरीको मध्य तथा दक्षिणी क्षेत्रको भंगहा नगरपालिका, बलबा नगरपालिका, महोत्तरी गाउपालिका, मनरा सिसवा नगरपालिकार जलेश्वर नगरपालिकाको अति प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन् । 

महोत्तरी भएर बग्ने रातु खोला, जंग्हा र औक्सी नदीका कारण महोत्तरीको अधिकांश भूभागमा कटान र डुवानले अरबौ रुपैया बराबरको क्षति भएको छ । जिल्लाको स्थलगत निरीक्षणपछि जलेश्वरमा मुख्यमन्त्री राउतले प्रदेश भरिमै बाढीबाट सबैभन्दा बढी क्षति महोत्तरी जिल्लामा भएको बताए। उनले जनजिवन सामान्य बनाउन तथा बाढी पीडितहरुलाई खाद्यान्न,स्वास्थ्य तथा अन्य विभिन्न किसिमका राहतकार्यमा लाग्न सम्बन्धित पक्षहरु संग आग्रह समेत गरे । 

मूख्यमन्त्री राउतले बाढीबाट भएको क्षतिको भर्पाइ गर्ने क्षमता प्रदेश सरकारसँग नभए पनि राहतमा कुनै प्रकारको कमी हुन नदिने प्रतिबद्धता जनाएको छ ।  बाढीबाट भएको क्षतिको एकीन विवरण संकलनको कार्य अन्तिम चरणमा रहेको उल्लेख गर्दै उनले  विस्थापित भएकाहरुको पुर्नवास र क्षतिग्रस्त क्षेत्रको पुनर्निमाणको लागी प्रधानमन्त्री संग भेटेर दुई दिन भित्रै छलफल गरिने समेत बताए । 

निरीक्षण टोलीमा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहा, मुख्यमन्त्री कार्यालयको राहत वितरण टोली र प्राविधिक टोली, समाजवादी पाटी महोत्तरीका अध्यक्ष नागेन्द्र यादव, सहित स्थानीय जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप