शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालयौन शोषणको आरोपमा अष्ट्रेलियन नागरिक पक्राउ

मङ्गलबार, ०७ साउन २०७६, २२ : ४५
मङ्गलबार, ०७ साउन २०७६

पोखरा-बालकमाथि यौन शोषण गरेको आरोपमा पोखराबाट एक अष्ट्रेलियन नागरिक पक्राउ परेका छन् । ६३ वर्षिय थोमस अल्फ्रेड बेरिम्यानलाई प्रहरीले बाल यौन दुराचार गरेको आरोपमा पक्राउ गरेको हो ।

आर्थिक अवस्था कमजोर भएका नाबलकलाई लोभ लालच देखाएर अप्राकृतिक मैथुन गरि रहेको अवस्थामा केन्द्रिय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनलाई समातेको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका ६ डिहिकोपाटनमा बस्दै आएका उनी कामदार भिसामा नेपाल आएका थिए ।  पेसाले प्याराग्लाइडर समेत रहेका थोमसलाई प्रहरीले कानुन अनुसार कारबाही अघि बढाउने जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप