बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव समूहका नेता माइला लामा पुर्पक्षका लागि जेल चलान

मङ्गलबार, ०७ साउन २०७६, २१ : ५९
मङ्गलबार, ०७ साउन २०७६

काठमाडौं–प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । लामालाई मंगलबार ललितपुरस्थित नख्खु कारागार चलान गरिएको हो ।

काठमाडौंको काँडाघारीबाट आइतबार मध्यराती पक्राउ परेका उनलाई बम विष्फोट र ज्यान मार्ने उद्योगविरुद्धको मुद्धा चलाइएको छ । लामासँगै सो समूहका रेशम तामाङ पनि पक्राउ परेका थिए ।
प्रहरीले राजधानीका विभिन्न स्थानमा भएको बम विस्फोटका घटना लामाको निर्देशनमा भएको दाबी गर्दै आएको छ । 

लामा विप्लव समूहभित्रको एक प्रभावशाली नेता मानिन्छन् । काठमाडौं सीतापाइलाका  लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघका अध्यक्ष हुन् । २०६४ मा उनी काठमाडौंबाट निर्वाचनमा समेत उम्मेदवार भएका थिए । लामाले तत्कालिन माओवादीका लागि कयन गीतहरू लेखेका छन् भने सांस्कृतिक कार्यक्रमको नेतृत्व पनि गरेका थिए ।

एकीकृत माओवादी विभाजन भएपछि लामा मोहन वैद्य हुँदै विप्लव समूहमा आवद्ध भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप