गुल्मीमा पहिरोमा परेर मृत्यु हुनेको संख्या ९ पुग्यो, घटनास्थलमा मन्त्री र गृहसचिव
गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका ३ र ४ मा गएको पहिरोमा परेर मृत्यु हुनेका संख्या ९ पुगेको छ । पहिरोमा परेर एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । वडा नम्बर ४ का स्थानीय चन्द्रबहादुर विकको परिवारकी श्रीमतीसहित ४ जनाको मृत्यु भएको छ भने उनका एक छोरी र एक छोरा वेपत्ता भएका छन् । बेपत्ता हुनेमा चन्द्रबहादुरकी ७ वर्षीया छोरी तारा बिक र डेढ वर्षीय छोरा सुमन विक रहेका छन् । चन्द्रबहादुर भने मजदुरी गर्न भारत गएका कारण जोगिएका छन् । दुर्घटनाको खबर पाएलगत्तै उनी भारतबाट हिडेको स्थानीयवासीले बताएका छन् ।
त्यस्तै, स्थानीय ७० वर्षीय छलि विक र उनकी नातिनी ९ वर्षीय तारा विकको पनि पहिरोमा परेर मृत्यु भएको छ । पहिरोमा परेर २४ घर विस्थापित भएका छन् । त्यस्तै सोही गाउँपालिकाको वडा ३ मा पनि पहिरो परेर ३ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा ३९ वर्षीया तिलकुमारी तरामुमगर, उनका छोरा १० वर्षीय दर्शन तरामु र दुर्गा सिञ्जाली रहेका छन् । पहिरोमा परेर माया विक उनका छोरा बबि विक बेपत्ता भएका छन् ।
त्यस्तै गुल्मीको सोही गाउँपालिकासँग सिमाना जोडिएको बाग्लुङको गलकोट–८ काँडेबास ज्यामिरे निवासी पितम्बार गौतमकी छोरी– १७ वर्षीया सिता गौतमको गोठमा काम गर्न लागेको बेला गोठसहित बगाएर मृत्यु भएको छ ।
घटनास्थलमा परराष्ट्रमन्त्री र गृहसचिव घिमिरे
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पहिरो पीडितहरुका लागि राहत वितरणमा कुनै कमी हुन नदिइने बताएका छन् । घटनास्थलमा पुगेका मन्त्री ज्ञवालीले उद्धार र व्यवस्थापनका लागि सबै संयन्त्र परिचालन गरिएको बताए । पीडितहरु सबैलाई सरकारले सहयोग गर्ने बताउँदै असुरक्षित बस्ती सार्न सरकार गम्भीर रुपमा लाग्ने समेत बताए ।
पीडितहरुलाई राहत समेत वितरण गरेका उनले अहिले अहिलेको राहत प्रारम्भिक राहत भएको समेत बताए । प्रारम्भिक राहत मन्त्री ज्ञवाली र गृहसचिव इन्दु घिमिरेले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । त्यस्तै प्रदेश नं ५ का सामाजिक सुरक्षा मन्त्री सुदर्शन बरालले राहत वितरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान