मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कुमारी बैंकको ‘मेहेन्दी–उत्सव’

मङ्गलबार, ०७ साउन २०७६, १९ : २३
मङ्गलबार, ०७ साउन २०७६

काठमाडौं– श्रावणकोे अवसर पारेर कुमारी बैंक लिमिटेडले आफ्ना महिला ग्राहकवर्गहरुलाई लक्षित गर्दै ‘मेहेन्दी उत्सव’को आयोजना गरेको छ । ‘मेहेन्दी उत्सव’ बैंकका विभिन्न शाखाहरुमा आयोजना भएका छन् ।

श्रावण महिनाभर चल्ने यो उत्सवमा ‘शुभलक्ष्मी सेभिङ’ खातावाल लगायत अन्य महिला ग्राहकवर्गले उपत्यका भित्र एवम् बाहिरका विभिन्न शाखाहरुबाट मेहेन्दी–कार्यक्रमको तालिका अनुसार आफुलाई अनुकुल पर्ने दिन र समय अनुरूप तालिकामा उल्लेखित शाखाहरुमा सम्पर्क गरी निःशुल्क रुपमा आकर्षक डिजाईनका मेहेन्दी लगाउन सक्नेछन् । 

नेपाली संस्कृति र परम्परालाई प्रबद्र्घन गर्ने एवम् महिलाहरुलाई उक्त चाड खुसीयालीका साथ मनाउन प्रोत्साहन दिने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा ग्राहकवर्गको उत्साहजनक सहभागिता माझ निकै सकारात्मक प्रतिक्रिया पनि आएकोे बैंकले जनाएको छ ।

हिला ग्राहकवर्गलाई लक्षित गरेर आयोजित उक्त कार्यक्रमलाई निरन्तरता दिँदै आगामी हरितालिका तीजको अवसरमा बैंकले आफ्ना महिला ग्राहकहरुलाई आकर्षक उपहार प्रदान गर्ने पनि योजना बनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप