बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रतिपक्ष पटक–पटक सरकार बदलियोस् भन्ने चाहन्छ’

मङ्गलबार, ०७ साउन २०७६, १९ : ०२
मङ्गलबार, ०७ साउन २०७६

लमजुङ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रतिपक्षले पटक पटक सरकार बदलियोस् भन्ने चाहेको बताएका छन् ।

आज बेँसीशहरमा ४१औँ पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू सत्तामा जाने अवस्था आउने हुँदा प्रतिपक्षले सरकालाई कमजोर बनाउने गतिविधि गर्ने गरेको बताए । एकात्मक दलका पूँजीवादीले दक्षिण एसिया युद्ध भड्काउन खोजिरहेको चर्चा गर्दै उनले त्यो अवस्था प्रति बेलैमा सजग बन्नुपर्नेमा जोड दिए ।

उनले पुष्पलालले नयाँ जनवादको नारा उठाउनु भएकाले अन्तिम घडीसम्म पनि त्यसलाई छोड्न नहुने बताए । उनले भने, ‘उहाँले  चिनियाँ क्रान्तिलाई नजिकबाट हेर्नुभयो र त्यसलाई संस्लेषण गरी अघि बढ्नुभयो, नेपाली कम्युनिष्ट आन्दोनलाई उचाइमा पु¥याउनुभयो, त्यसैले उहाँको योगदानलाई हामीले सम्झिरहनुपर्ने छ ।’ 

नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारीलगायतले पुष्पलालको जीवनी, व्यक्तित्व र योगदानको चर्चा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप