सिभिल बैंकको शाखा अब झापाको भद्रपुरमा
मङ्गलबार, ०७ साउन २०७६, १९ : ०२
झापा– सिभिल बैंकले झापा जिल्लाको भद्रपुरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन सिभिल बैंकका संचालक प्रकाश तायलले गरे ।
शाखा उद्घाटन कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर जिवन कुमार श्रेष्ठ भद्रपुर क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पुर्याउने बताए ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए ।
सिईओ गुरुङले सिभिल बैंकले आफ्ना ग्राहक तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधिकेन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ