बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अशोक लेलैण्ड र आइसीएफसी फाइनान्स बीच सम्झौता, ७० प्रतिशतसम्मको कर्जा सुविधा

मङ्गलबार, ०७ साउन २०७६, १८ : ४३
मङ्गलबार, ०७ साउन २०७६

काठमाडौं– आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र आइसीएफसी फाइनान्स लिमिटेड बीच सम्झौता भएको छ । 

यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले आइसीएफसी फाइनान्स लिमिटेडबीच सहज रुपमा ७० प्रतिशतसम्मको कर्जा सुविधा पाउने छन् । 

यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् । 

यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताउनु भयो । कर्जा सुविधा मात्र नभई दुवै कंपनीबिच संयुक्त रुममा सहकार्य गर्दै अगाडी बढ्ने कुरामा पनि सहमति भएको छ । 

सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । 

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो  । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप