‘फटाह फणिन्द्रे’ मा सुम्मा हिरोइन
काठमाडौं– सुपरहिट फिल्म ‘लुट’ को ‘उध्रेको चोली’ बोलको गीतमा आइट नृत्य गरेर फिल्म क्षेत्रमा हट केक बनेकी अभिनेत्री सुस्मा कार्कीको अभिनय ‘फटाह फणिन्द्रे’ मा पनि रहने भएको छ । केही अगाडि निर्माण घोषणा भएको फिल्मका लागि उनी १० लाख पारिश्रमिकमा अनुबन्धित भएकी हुन् । फिल्मका निर्माता निर्देशक अरुण खड्काले फिल्मका लागि सुस्मा फाइनल भएको जानकारी दिए ।
अरुण फिल्म प्रोडक्सन प्रालीको तेस्रो प्रस्तुतिका रुपमा निर्माण हुन लागेको यो फिल्मको निर्देशन समेत अरुण आफैंले गर्दैछन् । ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही फिल्म निर्माण गरेका अरुण यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
फिल्म निर्माणको सिलसिलामा आफुले यो क्षेत्रमा बिताएको एक दशकमा सिकेको र बटुलेको अनुभव ‘फटाह फणिन्दे्र’ मा खन्याउन लागेको खड्काले बताए । ‘केही दिन अरुको फिल्म सुटिङ हेरेर यहाँ धेरै निर्देशक भएका छन्’ खड्काले भने ‘म त यो क्षेत्रमा एक दशकदेखि छु । त्यसैले अब फिलम निर्देशन गर्न सक्छु भन्ने लागेको छ ।’
अहिले बनिरहेको भन्दा फरक र सबैले मन पराउने फिल्म आफुले बनाउने उनले खुलाए । चलेका र केही नयाँ कलाकारको अभिनय रहने फिल्मको अन्य कलाकार छिट्टै टुङ्गो लाग्ने अरुणले बताए ।
कमेडी जनरा निर्माण हुने नेत्र बिष्ट कार्यकारी निर्माता रहेको फिल्ममा उत्तम केसीको कथा, हिमाल उप्रेतीको पटकथा सम्वाद, रोशन श्रेष्ठको एक्सन, हरि घले लामाको छायाँकन रहनेछ । फिल्मका निर्माण नियन्त्रक कृष्ण कोइराला हुन् । चलचित्रको छायाँकन आगामी कात्र्तिकबाट सुरु हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण