शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अचानक देउवा संसदीय समितिमा

मङ्गलबार, ०७ साउन २०७६, १६ : ४१
मङ्गलबार, ०७ साउन २०७६

काठमाडौं– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दोश्रोपटक संसदीय समितिमा सहभागी भएका छन् । संसद सुरु भएको डेढ बर्षमा देउवाले संसदको विकास तथा प्रविधि समितिमा दोश्रो पटक सहभागिता जनाएका हुन् ।

मंगलबार विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा क्रममा समितिको बैठकमा १० मिनेट बसेर उनी बाहिरिएका थिए ।

सो अवधिमा देउवाले विधेयकमाथि आफ्नो धारणा भने राखेनन् । 

सो समितिको सदस्यमा रहेका दुईजना पूर्वप्रधानमन्त्रीमध्ये एक झलनाथ खनाल हुन् भने अर्को शेरबहादुर देउवा हुन् ।

खनाल अधिकांश समितिको बैठकमा सहभागी हुने गरेका छन् भने शेरबहादुर देउवाले यसअघि एकपटक समितिको बैठकमा सहभागिता जनाएका थिए ।

देउवा यसअघि एउटा बैठकमा सहभागी भएको समिति सभापति कल्याणी खड्काले बताइन् ।

मंगलबारको समिति बैठकमा सो बिधेयकबारे छलफलका लागि विज्ञहरु काशीराज दाहाल, तारानाथ दाहाल र लक्ष्मण हुमागाईलाई बोलाइएको थियो ।

उनीहरुले नेपालमा बन्न लागेको विज्ञापन सम्बन्धी ऐन विश्वमै पहिलो हुने बताउँदै ऐनमा समावेश गर्नुपर्ने दण्ड, जरिवाना तथा अधिकारका बारेमा समितिलाई सुझाव दिएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप