शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नबढ्ने भयो इन्टरनेटको मूल्य !

मङ्गलबार, ०७ साउन २०७६, १६ : १३
मङ्गलबार, ०७ साउन २०७६

सरकारले दुरसञ्चार नियमावली संशोधन गरेको छ । सो संशोधनमार्फत् सरकारले तारबाट चल्ने इन्टरनेटको मूल्य बढ्न नदिन विभिन्न छुट तथा सहुलियको व्यवस्था गरेको छ । यससँगै दुरसञ्चार सेवा प्रदायक कम्पनीहरु साउन एक गतेदेखि बढाएको मूल्यबाट ब्याक हुने पक्षमा देखिएका छन् ।

राउटर, इन्ट्रानेट लिज डाटा कनेक्टिभीटी, मर्मत शुल्कमा नियमावली संसोधनमार्फत छुट दिने व्यवस्था गर्न लागिएपछि व्यवसायीहरु मूल्य बृद्धिबाट ब्याक हुने संकेत गरेका हुन् ।

इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठनका आइस्पानका अध्यक्ष भोजराज भट्टले मन्त्रिपरिषदले नियमावली संशोधन गरेर छुट दिएको रहेछ भने आफुहरुले मूल्य नबढाउने रातोपाटीसँगको कुराकानीमा भने । उनले भने, ‘मन्त्रिपरिषद्ले दुरसञ्चार नियमावली संशोधन गरेको भन्ने अनौपचारिक जानकारी आएको छ । सोबारे सञ्चारमन्त्रीले विहीबार निर्णय सार्वजनिक गर्लान् । यदि त्यसो हो भने हामी मूल्य बढाउँदैनौ । स्टप हुन्छौँ ।’

सरकारले गत आर्थिक वर्षदेखि इन्टरनेट सेवामा दुरसञ्चार सेवा शुल्क लगाउने निर्णयलाई यस वर्षको बजेटमा पनि निरन्तरता दिएपछि व्यवसायीहरु मूल्यवृद्धि गर्न अगाडी सरेका थिए । साउन एक गतेदेखि सो कर थपी समायोजन गर्ने निर्ण गरेका थिए ।

आर्थिक वर्ष २०७५ /०७६) को बजेटले सेवा दस्तुर वापत १३ प्रतिशत शुल्क ग्राहकसँग लिने निर्णय गरेको थियो । तर इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई आम उपभोक्तालाई मूल्य वृद्धि नगरिदिन भनेपनि सरकार र व्यवसायी मिलेर बढेको मूल्य समायोजन गरिएको भट्टले जनाए । यसमा सात प्रतिशत व्यवसायीले तिरेका थिए भने त्यस बापत सरकारले सर्पोट र मर्मत लगायतको खर्च बेहोरेको थियो ।

एक वर्षको सात प्रतिशतको घाटालाइ पनि रिकभर गर्नेगरी त्यसमा १३ प्रतिशत जोडेर २० प्रतिशत मूल्यवृद्धि गराउने पक्षमा व्यवसायी थिए ।

अक सरकारले व्यवसायीलाई दुरसञ्चार नियमावलीको औपचारिक जानकारी दिनेवित्तिकै मूल्यवृद्धि रोक्ने भट्टले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप