बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाले पहिलोपटक पनडुब्बी बनाएपछि किम जोङ उनको यस्तो प्रतिक्रिया

मङ्गलबार, ०७ साउन २०७६, १५ : ५५
मङ्गलबार, ०७ साउन २०७६

प्योङयाङ– उत्तर कोरियाली नेता किम जोङ उनले हालै निर्माण गरिएको पनडुब्बीको निरीक्षण गरेका छन् । उत्तर कोरियाली समाचार संस्था (केसिएनए) का अनुसार नयाँ निर्माण गरिएको पनडुब्बीले पूर्वी कोरियाली समुद्रमा सेवा गर्नेछ । यो पनडुब्बीलाई चाँडै प्रयोगमा ल्याइने पनि केसिएनएले जनाएको छ ।

केसिएनएका अनुसार किमले उत्तर कोरियाको सैनिक क्षमता सुदृढ गर्न पनडुब्बीको निर्माणले महत्वपूर्ण योगदान पु¥याएको भन्दै पनडुब्बी निर्माणमा संलग्न सबैलाई धन्यवाद दिए । 

नेता किमले उत्तर कोरियाको प्रतिरक्षा उद्योगको तिब्र विकासमा शक्तिशाली पनडुब्बी निर्माणले अर्को कोशेढुंगा पार गरेको पनि बताएका थिए।  -सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप