ललितपुर महानगरपालिकाका प्रहरी प्रमुख निलम्बित
ललितपुर– ललितपुर महानगरपालिकाका प्रहरी प्रमुख कदमलाल महर्जन निलम्बनमा परेका छन् ।
महानगरपालिकाको गत साउन २ गतेको बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरी साउन ५ गते पत्र थमाएको महानगरपालिकाका प्रेस संयोजक माधव प्रसाद घिमिरेले रातोपाटीलाई जानकारी दिए ।
महानगरपालिकाको काममा अवरोध पुर्याएको निष्कर्षसहित उनलाई हटाउने निर्णय गरिएको उनको भनाई छ ।
कदमलालले नगर प्रहरी सेवा सञ्चालनसम्बन्धी कार्यविधि २०६७ को नियम ५५ र ५६ अनुसारको कसुर गरेकाले निलम्बन गरिएको पत्रमा उल्लेख गरिएको छ ।
महानगरपालिका स्रोतका अनुसार महर्जनले पर्यटकका लागि तयार छुट्याइएको पार्किङ रोकी महानगरपालिकासँग कुनै समन्वय नगरी पोखरीको शिलान्यास गराएका थिए । सोअघि सो स्थानमा उनले नै पार्किङ सञचालन गर्दै आएका थिए ।
गत असारबाट उनको सम्झौता सकिएर अर्को व्यक्तिले टेन्डर पारेपछि उनले पोखरीको शिलान्यास गराउँदा विवाद उत्पन्न भएको बताइएको छ ।
महर्जनलाई कति समयका लागि निलम्बन गरिएको भन्नेबारे पत्रमा केही उल्लेख नभएपनि थप छानबिनपछि सेवाबाट हटाउने मनस्थितिमा मेयर चिरिबाबु महर्जन रहेको एक अधिकारीले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा