बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

डक्टर डेनिमको ब्राण्ड एम्बेसडरमा मनिष

मङ्गलबार, ०७ साउन २०७६, १४ : ५२
मङ्गलबार, ०७ साउन २०७६

काठमाडौं– नेपाली कपडा ब्राण्ड डक्टर डेनिमको ब्राण्ड एम्बेसडरमा नायक मनिष राउत नियुक्त भएका छन् ।

भदौ महिनादेखि बिक्रि शुरु गर्न लागेको डक्टर डेनिमले नेपाली उत्पादनबाट कपडाहरुको उत्पादन गर्ने गरेको छ ।

नेपाल तथा अन्य केहि मुलुकमा एकसाथ आउन लागेको डक्टर डेनिमले नेपालका लागि आफ्नो ब्राण्ड एम्बेसडरको रुपमा प्रेम गीत ३ का लागि नायकको रुपमा छनौट भएका मनिष राउतलाई अनुवन्धन गरेको हो  ।

राउतको फरक र आकर्षक लुक्सले गर्दा ब्राण्ड एम्बेसडरमा छनौट गरिएको नेपालका लागि डक्टर डेनिसका संचालक सुमन गौतमलले बताए । 

स्वदेशी उत्पादनलाई विदेशसम्म फैलाउने लक्ष्य सहित आएको यो ब्राण्डको एम्बेसडर बन्न पाउँदा निकै खुशी लागेको राउतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप