छानविन समितिको कार्यशैलीप्रति प्रधानमन्त्रीको असन्तुष्टि
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितता छानविन गर्न गठन समितिको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । प्रतिष्ठानको तेस्रो सभा बैठकलाई प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो असन्तुष्टि जनाएका हुन् ।
प्रतिष्ठानमा अनियमितता भएको विषयमा सरकारले जेठ ३० गते एक समिति गठन गरेको थियो । समितीको हवाला दिँदै प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डा.संगीता भण्डारीलाई कारबाही गर्न सिफारिस गरिएको प्रतिवेदन विभिन्न सञ्चारमाध्यमले प्रकाशन गरेका थिए ।
प्रधानमन्त्री ओलीले समितिले कूलपतिलाई बुझाउनुपर्ने प्रतिवेदन विभिन्न सञ्चार माध्यममा देखिनु उचित नभएको बताए । ‘समितिले प्रतिवेदन सबभन्दा पहिला कूलपतिलाई बुझाउनु पर्ने हो तर यो सामाजिक सञ्जाल र सञ्चारमाध्यममा बुझाए जस्तो छ’ प्रतिष्ठानका कूलपति समेत रहेका प्रधानमन्त्री ओलीले भने । ‘यो प्रतिवेदन हो कि राजनीति हो ? समितिमा हुने सदस्यहरु छानविन गर्न कि राजनीति गर्न जानुभएको ? जिम्मेवारी लिनेहरुले आफ्नो कर्तव्य र दायित्वलाई ख्याल गर्नु पर्दछ’ प्रधानमन्त्रीको चेतावनी थियो ।
प्रधानमन्त्री ओलीले प्रतिवेदनको विश्वसनियतामा प्रश्न उठेको भन्दै प्रतिवेदन कूलपतिलाई बुझाउनु भन्दा पहिला अन्यत्र बुझाएर दबाब सृजना गर्न खोजिए पनि आफु त्यस्तो दबाबमा नपर्ने दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेलियाका बर्गेसको आत्मघाती गोल, अमेरिकालाई सुरुवाती अग्रता
-
इरानसँगको वार्तामा अन्योल उत्पन्न भएपछि राष्ट्रपति ट्रम्प क्याम्प डेभिड प्रस्थान गर्दै
-
म्याग्दीमा रासायनिक मलको अभाव
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
-
अमेरिका र अस्ट्रेलिया भिड्दै, यस्तो छ अघिल्लो चरणको समीकरण
-
१२ बजे १२ समाचार: मन्त्रीको निवासमा प्रहरी पुगेपछि तरङ्गदेखि ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण