छानविन समितिको कार्यशैलीप्रति प्रधानमन्त्रीको असन्तुष्टि

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितता छानविन गर्न गठन समितिको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । प्रतिष्ठानको तेस्रो सभा बैठकलाई प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो असन्तुष्टि जनाएका हुन् ।
प्रतिष्ठानमा अनियमितता भएको विषयमा सरकारले जेठ ३० गते एक समिति गठन गरेको थियो । समितीको हवाला दिँदै प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डा.संगीता भण्डारीलाई कारबाही गर्न सिफारिस गरिएको प्रतिवेदन विभिन्न सञ्चारमाध्यमले प्रकाशन गरेका थिए ।
प्रधानमन्त्री ओलीले समितिले कूलपतिलाई बुझाउनुपर्ने प्रतिवेदन विभिन्न सञ्चार माध्यममा देखिनु उचित नभएको बताए । ‘समितिले प्रतिवेदन सबभन्दा पहिला कूलपतिलाई बुझाउनु पर्ने हो तर यो सामाजिक सञ्जाल र सञ्चारमाध्यममा बुझाए जस्तो छ’ प्रतिष्ठानका कूलपति समेत रहेका प्रधानमन्त्री ओलीले भने । ‘यो प्रतिवेदन हो कि राजनीति हो ? समितिमा हुने सदस्यहरु छानविन गर्न कि राजनीति गर्न जानुभएको ? जिम्मेवारी लिनेहरुले आफ्नो कर्तव्य र दायित्वलाई ख्याल गर्नु पर्दछ’ प्रधानमन्त्रीको चेतावनी थियो ।
प्रधानमन्त्री ओलीले प्रतिवेदनको विश्वसनियतामा प्रश्न उठेको भन्दै प्रतिवेदन कूलपतिलाई बुझाउनु भन्दा पहिला अन्यत्र बुझाएर दबाब सृजना गर्न खोजिए पनि आफु त्यस्तो दबाबमा नपर्ने दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई सय वर्षअघि पनि प्रयोगमा आउँथ्यो कन्डम, राखियो प्रदर्शनीमा
-
नेपालगञ्जमा धुमधामले मनायो बकर इद
-
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
-
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव
-
आइतबारको संसद् बैठक सहज रूपमा सञ्चालन हुने सभामुख घिमिरेको सङ्केत