शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गुल्मीमा पहिरो अपडेटः  ८ जनाको मृत्यु, ४ वेपत्ता

मङ्गलबार, ०७ साउन २०७६, १३ : ४९
मङ्गलबार, ०७ साउन २०७६

गुल्मी–गुल्मीमा पहिरोले घर बगाउँदा आठ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । त्यस्तै दुई जना घाइते भएका छन् । 

अविरल वर्षापछि जिल्लाको सत्यवती गाउँपालिकामा वडानम्बर ४ भिरकुनामा ४  घर पहिरोले बगाउँदा २५ बर्षीय पम्फा बि.क., २५ बर्षीय मंगली भन्ने निर्मला वि.क., १२ बर्षीय अन्जली वि.क., १० बर्षीय हेमन्तु वि.क., ७ बर्षीय सिमनी बि.क. र ६० बर्षीय छली बि.क.को मृत्यु भएको हो । त्यस्तै  ६ बर्षीय सुमन वि.क. र ८ बर्षीय तारा वि.क. वेपत्ता रहेका छन् । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय जोहाङको प्रहरी टोली उद्धार तथा खोजी कार्यमा खटिएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय ले जनाएको छ । 

त्यस्तै सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलो लुम्पेक बस्ने लेखबहादुर तरामुको कच्ची घर पहिरोले पुरेको छ । पहिरोले घर पुर्दा ३४ बर्षीय तिला तरामु र ९ बर्षीय दर्शन तरामुको ज्यान गएको छ । त्यस्तै १३ बर्षीय धनी तरामु र १० बर्षीय करीस्मा तरामु घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

त्यसैगरी कालिगण्डकी गाउँपालिका वडा नं. ५ रिम्ली बस्ने चेतमान कालाको गोठ माथिबाट पहिरो आई भत्कदा गोठमा रहेको एक भैसी, र ६ वटा बाख्राको मरेका छन् । उता, सत्यवती गाउँपालिका वडा नं. ३ सिन्दी बस्ने रुद्र बहादुर बि.क.को कच्ची घर पहिरोले बगाउदा उनकी श्रीमती ४० बर्षीया माया बि.क.र छोरी (१६ बर्ष ) कि बबि बि.क. बेपत्ता भएको प्रहरीले जनाएको छ । वेपत्ताहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप