कोरियामा सिकेको सिप र अनुभव स्वदेशमा उपयोग गर्न सुझाव
काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपालमा पनि रोजगारीको अवसर सृजना हुनेगरी लगानी गर्न दक्षिण कारियाको निजी क्षेत्रलाई आग्रह गरेका छन् । मन्त्री विष्टले दक्षिण कोरियाले नेपाली कामदारलाई गुणस्तरीय रोजगारीको अवसर दिएको उल्लेख गर्दै अव नेपालमै रोजगारीको अवसर सृजना हुनेगरी लगानी गर्न आग्रह गरेका हुन् ।
मङ्गलबार दक्षिण कोरियाबाट फर्केका नेपाली कामदारहरुले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालमा लगानीका लागि आवश्यक वातावरण बनेकोतर्फ पनि दक्षिण कोरियाली निजी क्षेत्रको ध्यानाकर्षण गराए ।
मन्त्री विष्टले दक्षिण कोरियाबाट फर्केका कामदारहरुको सिप र अनुभवलाई भरपुर उपयोग गरेर मुलुकलाई समृद्ध बनाउन सरकार लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे । दक्षिण कोरियाले आफ्नै स्रोत र साधनको उपयोग गरेर समृद्धि हासिल गरेको उल्लेख गर्दै उनले त्यसबाट नेपालले धेरै पाठ सिक्न सक्ने पनि बताए ।
मन्त्री विष्टले दक्षिण कोरिया आफ्नै मिहिनेतको बलमा समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै त्यसलाई ग्रहण गरेर नेपालले पनि अघि बढने योजना तय गरिरहेको पनि बताए । सरकारी तथ्याङ्क अनुसार हालसम्म ६३ हजार नेपाली कामदारले दक्षिण कोरियामा रोजगारी पाएका छन । मन्त्री विष्टले उनीहरुको ज्ञान, सीप र अनुभवले पनि नेपाललाई समृद्ध बनाउन सघाउन पु¥याउने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१३ वटा मुद्दा लागेका ‘डाँका’ पेस्तोलसहित पक्राउ
-
धरहराको कम्पाउण्ड सिसाको प्रतीक्षालय (तस्बिरहरू)
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा