शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यातायात कार्यालयमा प्रदेश सरकारको छड्के

मङ्गलबार, ०७ साउन २०७६, १३ : ३१
मङ्गलबार, ०७ साउन २०७६

बुटवल । प्रदेश नम्बर ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मंगलबार सेवाग्राहीको भीड हुने कार्यालायमा अनुगमन गरेको छ ।

 यातायात व्यवस्था कार्यालयका दुई इकाईमा भएको अनुगमनमा क्रममा २१ जना कर्मचारी अनुपस्थित भएको पाइएको जनाइएको छ । 

यातायात व्यवस्था कार्यालय सवारी शाखा मणिग्राममा ३२ दरबन्दी रहेकोमा कार्यालय प्रमुख सहित १० कर्मचारी अनुपस्थित भेटिए । 

त्यसैगरी लाइसेन्स शाखा बुटवलमा २९ कर्मचारीको दरबन्दी भएकोमा ११ कर्मचारी अनुपस्थित भएको पाइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए । 

अनुगमनका लागि दुई कार्यालयमा मुख्यमन्त्री कार्यालयले दुई टोली खटाएको थियो । अनुपस्थित भएकाहरु कार्यालयमा उपस्थित हुनुपर्ने समयभन्दा ढिला उपस्थित भएको पाइएको, सबैलाई स्पष्टीकरण सोधिने प्रवक्ता अधिकारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप