शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा भारतीय ट्रकले ५ सवारीसाधनलाई ठक्कर दियो, दुईको मृत्यु

मङ्गलबार, ०७ साउन २०७६, १३ : २६
मङ्गलबार, ०७ साउन २०७६

हेटौंडा उपमहानगरपालिका १५ मा भारतीय ट्रकले ५ वटा सवारीसाधनलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा अटोका चालक बसामाडीका सुजनकुमार ढकाल र अझै पहिचान हुन नसकेको अर्का मोटरसाइकल चालक रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कन्टेनरले ना१ज ७७८६ नं सुमो, बा६६प ६२१३ नंको मोटससाइकल र ना१ह ८८२४ नंको अटोलाई थिचेको थियो भने ना५ख ५११३ र ना४ख ३१४१ नंको बस, को१च २२६७ नंको कुखुरा बोक्ने गाडी र भे१क ६३१ नंको ट्रकलाई ठक्कर दिएको थियो ।

टाटा सुमो, अटो रिक्सा तथा बसमा सवार ८ जना घाइते भएका छन् । 

दुर्घटना चुरियामाई मन्दिरबाट १ सय मिटर हेटौँडातर्फको सडकमा भएको हो । दुर्घटनामा परेको मोटरसाइकल तथा रिक्साको नम्बर प्लेट खुलिसकेको छैन ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप