बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जब हिमेश रेशमियालाई थप्पड हान्न चाहन्थिन् आशा भोसले

मङ्गलबार, ०७ साउन २०७६, ११ : ११
मङ्गलबार, ०७ साउन २०७६

झलक दिखला जा, तेरा तेरा सुरुर, आशिक बनाया र बस एक बारजस्ता गीतका गायक एवं कम्पोजर हिमेश रेशमिया ३२ जुलाईमा आफ्नो जन्मदिन मनाइरहेका छन् । हिमेश रेशमियाका बुवा विपिन रेशमिया पनि म्युजिक कम्पोजर थिए । हिमेश रेशमियाले सलमान खानलाई इन्डष्ट्रिमा आफ्नो गडफादर मान्छन् ।

हिमेश रेशमियाले सलमान खानको फिल्म ‘प्यार किया तो डरना क्या’ बाट संगीतकारको रुपमा बलिउडमा डेब्यू गरेका थिए । त्यसपछि उनले दुल्हन हम ले जाएंगे, जलवा र तेरे नामजस्ता फिल्ममा संगीत दिएका थिए । हिमेश रेशमियाले सन् २००५ मा रिलिज भएको फिल्म आशिक बनाया आपनेमा टाइटल गीतबाट गायनमा कदम राखेका थिए ।

हिमेश रेशमियाको नाममा थुप्रै विवाद पपनि छन् । हिमेशले गडफादर भन्दै आएका सलमान खानसँग झगडा गरेका थिए । यद्यपि, यसको उनले प्रतिफल पनि भोग्नुपरेको थियो । उनलाई थुप्रै फिल्मबाट निकालिएको थियो ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Love you bhai!

A post shared by Himesh Reshammiya (@realhimesh) on

आशा भोसले हान्न चाहन्थिन् थप्पडः

हिमेश रेशमिया र आशा भोसलेबीच पनि विवाद भइसकेको छ । वास्तवमा हिमेशले एक अन्तरवार्तामा हाई पिच गीतका कारण आवाजमा नेजल भोइस टच (नाके स्वर) आउँछ । यसका लागि उनले आर.डी.बर्मनको पनि उदाहरण दिएका थिए ।

हिमेश रेशमियाको यो कमेन्ट आरडी बर्मनकी श्रीमती आशा भोसलेलाई मन परेन । उनले भनिन्, ‘यस्तो कुरा गर्नेहरुलाई मज्जाले थप्पड हान्नुपर्छ ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Had another show at Kolkata last night, amazing crowd, historic experience! Cheers, love you all 😊

A post shared by Himesh Reshammiya (@realhimesh) on

त्यसपछि सिंगिंग शो सा रे गा मा पामा दुबैजना जज पनि बने । यद्यपि, यो विवाद सुल्झिन सकेन ।

जेठी श्रीमतीसँग सम्बन्धविच्छेदः

हिमेश रेशमियाले २१ वर्षको उमेरमा कोमल रेशमियासँग विवाह गरेका थिए । हिमेशले सन् २०१७ मा जेठी श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए । हिमेश र कोमलका स्वयं नामका एक छोरा पनि छन् । हिमेशले सन् २०१८ मा टिभी नायिका सोनिया कपुरसँग दोस्रो विवाह गरेका थिए । विवाहअघि हिमेश र सोनिया लगभग ८ वर्षसम्म लिभ इन रिलेशनमा बसेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप