तस्बिरमा हेर्नुहोस् ४१ औँ पुष्पलाल स्मृति दिवस
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति दिवस मनाइएको छ ।
दिवसका अवसरमा मंगलबार पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष प्रचण्डले विभाजित पार्टीलाई एकीकृत गर्नुपर्छ भन्ने पुष्पलालको भनाई स्मरण गर्दै पुष्पलाले लिएको समाजवादतर्फको यात्रा आफूहरुले पूरा गर्ने जिम्मेवारी थपिएको बताए ।
‘हामी पुष्पलालकै उत्तराधिकारी हौँ, सन्तति हौँ’ प्रचण्डले भने । कम्युनिष्टहरुका बारेमा पहिलेदेखिनै भ्रम छरिएको भन्दै प्रतिकृयावादीले छरेको त्यो भ्रम चिर्दै पार्टी एकता सम्भव भएकाले अब एकता हुनै सक्दैन भन्नेहरुलाई जवाफ दिनुपर्ने बताए ।
कीर्तिपुरको चम्पादेवीमा रहेको पुष्पलालको शालिकमा नेकपा अध्यक्ष प्रचण्डसहित, नेताहरु माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतका नेताहरुले श्रद्धाञ्जली व्यक्त गर्दै माल्यार्पण गरेका थिए ।
विसं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछापमा जन्मिएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा भएको थियो ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण