शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारले जनताको इच्छा आकांक्षा अनुरुप काम गर्नुपर्छः रावल

मङ्गलबार, ०७ साउन २०७६, १० : २९
मङ्गलबार, ०७ साउन २०७६

अछाम–नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले सरकारले जनताको ईच्छा आकांक्षा अनुरुप काम गर्नु पर्ने धारणा ब्यक्त गरेका छन् । 

साँफेबगरमा प्रेस संगठन नेपाल जिल्ला समिति अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता रावलले दुई तिहाई बहुमत भएको वर्तमान सरकारले  देश र जनताका अपेक्षा आकांक्षा अनुसार देश विकासमा अगाडि बढ्नु पर्नेमा पर्ने धारणा ब्यक्त गरे । 

सरकारको प्रतिपक्षको भूमिका रहेको भन्ने जिज्ञासाको जवाफ दिँदै नेता रावलले आफूले सरकारको प्रतिपक्ष भन्दा प्रतिरक्षा गरिरहेको धारणा ब्यक्त गरे । 

उनले आफू कम्यूनिष्ट पार्टीको सदस्यता लिएसँगै स्वाधीनता, स्वतन्त्रता, अखण्डता, स्वाभिमानको पक्षमा अडिग रहेको पनि बताए । 

यी मुद्दामा आफू सरकारमा रहे पनि वाहिर रहे पनि  अडिग रहेको उनको भनाई थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप