हातेमालो समूह अबुधावी युएईको तेस्रो महाधिवेशन सम्पन्न
हातेमालो समूह अबुधावी युएईको तेस्रो महाधिवेशन सम्पन्न भएको छ । गत शुक्रबार अबुधावीको भावना होटलमा विविध कार्यक्रमका साथ कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुखहरु अतिथि, विशेष अतिथि तथा प्रमुख अतिथिका रुपमा उपस्थिति भएका थिए ।
कार्यक्रम संस्थाका निवर्तमान महासचिव प्रबिन निरौलाले सञ्चालन गरेका थिए । निरौलालाई सञ्चालनकालागि सरला मगर र सुमन रायमाझीले सहयोग गरेका थिए ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष श्रीराज राईले पानसमा दियो बाली बालेर राष्ट्रीय गानका साथै यूएईमा पहिलो पटक श्रीकृष्णको भजनबाट शुभारम्भ गरिएको थियो ।
भजन गायन अन्तर्राष्ट्रिय कृष्ण भावना अमृत संघ अवतारी देश नेपाल प्रसारप्रसार समितिद्वारा गरिएको थियो ।
कार्यक्रममा संस्थाका निवर्तमान वरिष्ठ उपाधक्ष्य वेदनिधि ढकाल ज्यूले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने संस्थाका निवर्तमान सह–कोषाध्यक्ष कुमार कुँवर ले संस्थाको हिसाबका बारेमा जानकारी गराएका थिए ।
त्यस्तै संस्थाका निवर्तमान महासचिव प्रबिन निरौला ले सस्थाको बार्षिक प्रतिबेदन पेश गरेका थिए ।
कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमहरु समावेश गरिएका थिए । संस्थालाई विभिन्न किसिमले सहयोग गर्ने महानुभावहरु तथा हातेमालो समूहमा रही खेलकुदलाई विशेष रुपमा अगाडि पुर्याउने खेलाडी साथीहरुलाई सम्मान स्वरुप संस्थाको लोगो सहित मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा लक्की ड्रको पनि व्यवस्था गरिएको थियो जसमा तीनजना भाग्यशाली विजेताले उपहार जितेका थिए ।
हातेमालो समूह अबुधावीको निर्वाचन समितिले नवनिर्वाचित कार्यकालकालागि अध्यक्ष प्रबिन निरौला लगायत सम्पूर्ण कार्यकारिणी सदस्यहरुलाई निर्बाचन समिति संयोजक रुद्र रोका मगरबाट शपथग्रहण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले निर्माण व्यवसायीको समस्या तत्काल समाधान गर्नुपर्छ: सभापति सिंह
-
कमलसिंह ऐरीले लिए आयरल्यान्ड ‘ए’ को चौथो विकेट
-
केही समयपछि कांग्रेस फेरि सरकारमा आउँछ : महामन्त्री थापा
-
लगानी सम्मेलन : प्रदेशका आयोजनाको पनि ‘शो केस’ मा राखिने
-
४९ रनमा आउट भए आयरल्यान्डका ओपनर पिटर मुर, आरिफ शेखले बोल्ड गरे
-
गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री