बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार आरोपको मुद्दा खेप्दै आएका रोनाल्डोले पाए सफाइ

मङ्गलबार, ०७ साउन २०७६, ०९ : २४
मङ्गलबार, ०७ साउन २०७६

बलात्कार आरोपको मुद्दा खेप्दै आएका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले सफाइ पाएका छन् । अमेरिकाको क्लर्क काउन्टी जिल्लामा रोनाल्डोविरुद्ध परेको उजुरीमा छानविन पछि उनलाई सफाइ दिईएको हो ।

रोनाल्डोमाथि सन् २००९ मा अमेरिकाको लस भेगासस्थित एक होटलमा अमेरिकन मोडल क्याथरिन मेयोर्गामाथि बलात्कार गरेको आरोप लागेको थियो । घटना बाहिर नल्याउने शर्तमा सन् २०१० मा अदालत बाहिर करिब चार करोड रुपैयाँमा दुवै पक्षबीच सहमती बनेको थियो । तर क्याथरिनले ९ वर्षपछि पुन उक्त घटना सार्वजनिक गरेकी थिइन् । सन् २०१८ मा लास भेगास पुलिसले पिडितको अनुरोधमा पुन घटनाको अनुसन्धान सुरु गरेको थियो । रोनाल्डोले भने क्याथरिनले पैसाका लागि आफुमाथि सडयन्त्र गरेको भन्दै सुरुबाटै आरोपको खण्डन गर्दै आएका थिए ।

छानविनपछि अमेरिकाको क्लर्क काउन्टी जिल्ला अदालतका सरकारी वकिलले अफिसियल विज्ञप्ति निकाल्दै बलात्कार आरोप खेपिरहेका रोनाल्डो निर्दोस भएको उल्लेख गरेको छ । रोनाल्डोमाथि कुनै कारबाही नहुने पनि स्पस्ट पारिएको छ । यस घटना भएको बेला रोनाल्डो इङ्लिस क्लब म्याचनेस्टर युनाईटेडबाट खेल्थे । रोनाल्डोले त्यसपछि ९ बर्ष स्पेनिस क्लब रियल म्याड्रिडमा बिताए । रोनाल्डो गतबर्ष मात्र इटालियन क्लब युभेन्ट्समा अनुबन्ध भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप