अपडेट : गुल्मीमा पहिरोले पुरिएर मृत्यु हुने ६ जनाको सनाखत
सोमबारदेखि परेको अविरल वर्षाका कारण गुल्मीमा ६ जनाको मृत्यु भएको छ ।
जिल्लाको सत्यवति गाउँपालिका दुईवटा वडामा पहिरोले घर पुरिदा ६ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।
सत्यवति गाउँपालिकाको ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु मृत्यु भएको हो ।
यता, १२ वर्षीया करिष्मा त्रामु र १४ वर्षकी धनी त्रामु घाइते भएको स्थानीयले बताएका छन् ।
त्यस्तै सोही गाउँपालिका वडा नम्बर ४ को लिम्घामा ६५ वर्षीय छल्लली बिक, २८ पम्फा बिक, १२ वर्षीय अञ्जली बिक, १० वर्षीय हेमन्त बिकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
पानी परिरहेकाले उपचारमा लैजानका लागि समस्या परेको छ।
यता, सत्यावती गाउँपालिका वडा नं ४ लिम्घामा ४ घर वटा बगाएको गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले जानकारी दिएका छन् ।
चार घरमा कति जना थिए र अन्यको अवस्थाको बारेमा नखुलेको ढकालले बताए ।
यस्तै, सत्यावती गाउँपालिका वडा नं ३ मा रुद्ध बहादुर बिकको घर पहिरोले बगाएको छ । राति घर बगाउँदा रुद्धबहादुर बिक र उनकी आमा घरमा भएको आशंका गरिएको छ । उनीहरु बेपता रहेको स्थानीयहरुले बताएका छन् । उनीहरूको खोजी कार्य जारी रहेको बताइएको छ ।
घटनास्थलमा जिल्लाबाट ३ वटै सुरक्षा निकायका टोलि उद्धारको लागि घटना स्थल पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
अहिले पनि पानी परिरहेकाले उद्धारमा समस्या भएको पौडेलले भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता