शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काश्मिर विवाद मिलाउन इच्छुक ट्रम्पः  इमरानलाई भने, ‘मेरो सहयोगको खाँचो छ भने भन्नुहोस्’

मङ्गलबार, ०७ साउन २०७६, ०९ : ०५
मङ्गलबार, ०७ साउन २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र पाकिस्तानबीच दशकौंदेखि चलिरहेको काश्मिर विवादमा मध्यस्थता गर्ने प्रस्ताव दिएका छन् ।

यो मामलामा अमेरिकाको अहिलेसम्मको नीति द्वीपक्षीय समाधानको थियो ।

इमरान खानसँग भेटघाटको क्रममा ट्रम्पले भने, ‘यदि म मद्दत गर्न सक्छु भने मलाई मध्यस्थकर्ता बन्दा खुसी लाग्नेछ ।’

उनले इमरान खानलाई भने, ‘यदि मेरो मद्दतको आवश्यकता छ भने मलाई भन्नुहोस् ।’

इमरान खानले भने, ‘अमेरिका संसारको सबैभन्दा शक्तिशाली देश हो र त्यहाँ उपमहाद्वीपमा शान्ति स्थापित गर्न महत्वपूर्ण भूमिका निभाउन सक्छ । काश्मिरको स्थितीका कारण एक अर्ब बढी मानिस समस्यामा छन् । मलाई विश्वास छ कि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले दुई देशलाई नजिक ल्याउन सक्छन् ।’

इमरान खानले पाकिस्तानले भारतसँग वार्ता सुरु गर्नका लागि सबै प्रयास गरेको तर यो दिशामा कुनै प्रगति हुन नसकेको बताएका छन् ।

उनले राष्ट्रपति ट्रम्पले यसमा पनि आफ्नो भूमिका निर्वाह गर्नसक्ने आशा राखेका छन् ।

शान्ति चाहन्छ पाकिस्तानः

इमरान खानसँग अमेरिका यात्रामा पाकिस्तानका सेना प्रमुख जनरल कमर बजवा र आइएसआई प्रमुख पनि गएका छन् ।

ट्रम्पसँगको भेटमा इमरान खानले भने, ‘मैले आफूसँग आफ्ना सेना प्रमुखलाई पनि ल्याएको छु किनभने हामीले सुरक्षाको चुनौतीलाई सुल्झाउनुपर्छ । र हामी दुई देशबीच आपसी समझदारी बनाउन चाहन्छौं ।’

पाकिस्तानका प्रधानमन्त्री इमरान खान यतिबेला अमेरिका भ्रमणमा छन् । उनी र राष्ट्रपति डोनल्ड ट्रम्पबीच पहिलो सिधा वार्ता ह्वाइट हाउसमा भएको छ ।

इमरान अमेरिकासँग पाकिस्तानको सम्बन्ध उत्कृष्ट गर्ने उद्देश्यले अमेरिका पुगेका छन् । अफगानिस्तानमा जारी संघर्षका कारण दुई देशको सम्बन्धमा दरार आएको थियो ।

राष्ट्रपति ट्रम्पले पछिल्लो वर्ष पाकिस्तानलाई दिइने अमेरिकी सैन्य र आर्थिक मद्दतलाई रोकेका थिए । उनले पाकिस्तानमाथि ‘झुटो बोल्ने र धोका दिएको’ आरोप लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप