बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाको नयाँ नीतिः आप्रवासीलाई तुरुन्तै पक्राउ गरेर देश निकाला

मङ्गलबार, ०७ साउन २०७६, ०८ : २२
मङ्गलबार, ०७ साउन २०७६

अमेरिकाले आफ्नो देशमा बस्दै आएका गैरकानूनी आप्रवासीलाई तुरुन्त देश निकाला गर्न सक्ने भएको छ । अमेरिकी सरकारले अदालतलाई बाईपास गरेर त्यहाँ रहेका आप्रवासीलाई घर फिर्ता पठाउन सक्ने व्यवस्था गरेको हो ।

नयाँ नियमअनुसार आधिकारिता पुष्टी गर्न नसकेका दुई वर्षदेखि अमेरिकामा बस्दै आएका आप्रवासीलाई तुरुन्तै पक्राउ गरेर आफ्नो देश पठाउन लागेको हो । यो नीति मंगलबार सार्वजनिक भएपछि देशभर तुरुन्त कार्यान्वयनमा हुन लागेको बिबिसीले जनाएको छ ।

तरपनि अमेरिकन सिभिल लिवर्टी युनियन(एसिएलयु)ले यो नीतिलाई अदालतमा चुनौति दिने बताएको छ । विशेषगरी मेक्सिकोसँगको दक्षिण सीमाको अवस्थालाई लिएर अमेरिकाले आप्रवासी नीतिमा समीक्षा गर्दै यो निर्णय गरेको हो ।

सन् २०२० मा हुने पुन निर्वाचन अभियानका लागि एक मुख्य विषयका रुपमा राष्ट्रपति डोनल्ड ट्रपले आप्रवासीप्रति कडा नीतिको योजना बनाएको विश्लेषकले बताएका छन् ।

यो नीति नियम लागु भएपछि अमेरिकामा गैर कानूनी रुपमा बस्दै आएका केही नेपाली पनि प्रभावित हुने बुझिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप