बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आधा दर्जन गाडी चढ्छन् वनमन्त्री

मङ्गलबार, ०७ साउन २०७६, ०८ : १०
मङ्गलबार, ०७ साउन २०७६

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेका छन् । उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका गाडी प्रयोग गरिरहेका हुन् ।

यीबाहेक उनको सचिवालयले मन्त्रालय र विभागका ४ गाडी र ७ मोटरसाइकल लिएको छ । २०७४ मा संशोधित ‘मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०४९’ मा मन्त्रीले ‘सवारीका निमित्त एक मोटर, मासिक २६५ लिटर पेट्रोल र त्रैमासिक रूपमा ५ लिटर मोबिल’ मात्र पाउने उल्लेख छ ।

सरकारी सवारी साधन दुरुपयोगबारे मन्त्री बस्नेतले प्रतिक्रिया दिन चाहेनन् । मन्त्रालयका प्रवक्ता सहसचिव सिन्धुप्रसाद ढुंगानाले ‘मन्त्रीको सचिवालयको विषय भएकाले उतै सोध्न’ सुझाए । जनमानसमा सकारात्मक सन्देश दिन भन्दै वातावरणमन्त्रीका हैसियतमा बस्नेतले साउनदेखि ‘प्रदेश ३, ००२ झ ४९०६ नम्बर’ को विद्युतीय गाडी चढिरहेका छन् ।

मन्त्रालयले असार अन्त्यमा उनका लागि ५५ लाख ४६ हजार रुपैयाँमा यो गाडी किनेको हो । विद्युतीयबाहेक मन्त्रीसँग मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका ४ गाडी छन् । उनीसँग वन मन्त्रालयको बा २ झ २२०१ र गृह मन्त्रालयले उपलब्ध गराएको बा २ झ १०९० नम्बरको कार छ । उनले कोषबाट दुई गाडी लिएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा  अब्दुल्लाह मियाँले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप