बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रोक्दारोक्दै जबर्जस्ती गुठीको भवनमा विद्यालय

मङ्गलबार, ०७ साउन २०७६, ०७ : ३३
मङ्गलबार, ०७ साउन २०७६

गुठी संस्थानले पचली भैरव गुठीको नाममा लालपुर्जा भएको जग्गामा भवन नबनाउन पटकपटक पत्राचार गर्दा पनि विद्यालयले जग राखेरै छाड्यो । 

काठमाडौँ महानगरपालिकाबाट नक्सापाससमेत नगरी भवन बनाउन थालेपछि गुठियार, सम्पदा अभियन्तालगायतले जगैसम्म भत्काइदिए । 

नवौं शताब्दीदेखि पुजिँदै आएको पचली भैरवको पोखरी रहेको ठाउँमा टेकुको महेन्द्र सरस्वती सेवा आधारभूत स्कूलले भवन बनाउन लागेको हो । 

गुठीको आदेशलाई समेत पटकपटक अवज्ञा गरेर भवन निर्माण जारी राखेको भन्दै गुठीयारलगायतले भवन भत्काइदिएका थिए । 

विद्यालयले भने यो ठाउँमा चउर रहेकाले भवन बनाएको दावी गर्दै आएको छ । यो समाचार दामोदर न्यौपानेले कान्तिपुर दैनिकमा लेखेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप