भारतीय दूतावासमा पम्फा भुसालदेखि नविना लामासम्मलाई राखेर गोप्य बैठक
काठमाडौं-नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले प्रतिनिधिसभामा रहेका महिला सांसदहरुसँग छलफल गरेका छन् । संसदमा महिलाको गतिविधि तथा देशको समसामयिक विषयमा छलफलका लागि महिला सांसदहरुलाई दूतावासभित्रै बोलाइएको थियो ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादी पार्टीका महिला सांसदहरु दूतावास पुगेका थिए । राजपा नेपालका चन्दा चौधरीले भनिन्,‘राजदूत ज्यूले चिनजान र भालाकुसारीका लागि चिया खान बोलाउनुभएको थियो । खासै केही थिएन ।’
नेकपाकी पम्फा भुसाल, नविना लामा, काँग्रसकी सीतादेवी यादव लगायत २०–२५ जना महिला सांसद भारतीय दूतावासमा पुगेका थिए । संसदमा भइरहेको बहस, कानुन निर्माण लगायतका विषयमा राजदूतले जिज्ञासा राखेको स्रोतले जनाएको छ ।
संसदमा कानुन निर्माण भइरहेको बेला दूतावासले महिला सांसदहरुलाई मात्र बोलाएर छलफल गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा