सुशीलले ढाले पाकिस्तानी खेलाडी
काठमाडौं-नेपालका सुशील थापाले पाकिस्तानी खेलाडी इर्दलाई पराजित गदै क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । थाइल्यान्डमा जारी खुला अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता अन्र्तगत ४९ केजी लाईट फ्लाइट तौलमा नेपाल आर्मीमा आवद्ध मुक्केबाज सुशीलले पाकिस्तानी मुक्केवाज इर्द उल्लाइलाई दोस्रो राउन्डको दोस्रो मिनेटमा आरएससीको आधारमा हराउदै क्वार्टरफाइनलमा प्रवेश गरेका हुन ।
सुशीलले दोस्रो राउन्डको पहिलो मिनेटमा उल्लाहलाई ढाले पछि काउन्टमा परेका थिए । लगातार उत्कृष्ट मुक्का प्रहार गरेका शुसीलले उल्लाइलाई एकै राउन्डमा तीन पटक काउन्टको धरापमा पछि पारेका थिए । अन्तर्राष्ट्रिय बक्सिङ संघको नियम अनुसार एउटै राउन्डमा तीन पटक काउन्ट पाएपछि खेलाडीले धेरै मार खानु नपरोस भनि रेफ्रीले खेल रोक्दै बिपक्षीलाई विजयी गराउने नियम छ । नेपालमा हुने १३औं सागको तयारीका लागि नेपाल बक्सिङ संघले बिगत दुई सातादेखि ७ महिला र १० पुरुषलाई थाइल्यान्डमा बैदेशिक प्रशिक्षणमा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति
-
जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
-
बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ
-
आखिर किन तोडिँदै छ जारी आईपीएलमा एकपछि अर्को सर्वाधिक रनको कीर्तिमान
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने