कम्युनिष्टको राष्ट्रवादी नारामा देशभक्ति छैन: पौडेल
सोमबार, ०६ साउन २०७६, २१ : ५९
हेटौडा- नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको राष्ट्रवादी नारामा देशभक्ति नरहेको टिप्पणी गरेका छन् । उनले आज हेटौँडामा विश्वेश्वरप्रसाद कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा कम्युनिष्टहरू शुरुदेखि नै देशको भन्दा आफ्नो दल, कार्यकर्ता र व्यक्तिको उन्नतिका लागि मात्र काम गर्दै आइरहेको आरोप लगाए ।
नेता पौडेलले अहिले सरकार भ्रष्टाचारको दलदलमा फसेको जिकिर गर्दै कम्युनिष्ट पार्टीको विकल्पका रूपमा काङ्ग्रेसलाई उभ्याउनुपर्ने भन्दै पार्टीले जनताको भरोसा जित्न नसक्नुका कारण माथि आत्मसमीक्षा गर्न जरुरी रहेको बताए । बिपीको आदर्शलाइ आत्मसात् गर्न सकेमा मात्र पार्टी बलियो हुने र आफ्नो गल्ती स्वीकार गर्न सकेमा मात्र बिपीको अनुयायी भन्न सुहाउने नेता पौडेलको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक छ: मन्त्री बस्नेत
-
गोरखा भूकम्पको ९ वर्ष पूरा, जोखिम उस्तै
-
गोरखा भूकम्प : सुलीकोट गाउँपालिकामा आज सार्वजनिक बिदा
-
टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विधेयकलाई पारित
-
रौतहट ट्राफिकद्वारा चालु आर्थिक वर्षमा झन्डै १७ हजारलाई सवारी कारबाही
-
भूकम्पीय क्षति : ताइवानबाट नेपालले सिक्ने पाठ