बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बाल गायन रियलिटी शो ‘सुरशाला जुनियर आयडल सिजन २’ घोषणा

सोमबार, ०६ साउन २०७६, १९ : २६
सोमबार, ०६ साउन २०७६

ललितपुर– बाल गायक प्रितम आचार्य र आयुष केसीले संयुक्त रुपमा सुरशाला म्युजिक एकेडेमीले आयोजना गर्न लाएको राष्ट्रव्यापी बाल गायन रियलिटी शो ‘सुरशाला जुनियर आयडल सिजन २’ को घोषणा गरेका छन्।

सुरशाला म्युजिक एकेडेमीले आइतबार झम्शिखेल ललितपुरमा आयोजना गरेको ‘प्रितम आयुष सम्मान’ कार्यक्रम मार्फत उक्त घोषणा गरेको हो। 

‘सुरशाला जुनियर आयडल सिजन २’ का बिजेता र उपबिजेता भई हालै भारतमा सम्पन्न सन २०१९ को सारेगमपा लिटल च्याम्प्सका फाईनलिस्ट सिन्धुपाल्चोक घर भई हाल भक्तपुर बस्ने आयुष केसी र इटहरीका प्रितम आचार्य लाई एक भव्य समारोहबीच वरिष्ठ उद्यमी डा. उपेन्द्र महतो र उहाँकी धर्मपत्नि समता महतो, उद्यमी विकास राणा, एवम सुरशाला म्युजिक एकेडेमीका अध्यक्ष गायक तथा संगीतकार अमृत क्षेत्रि र संगीता क्षेत्रिले कदरपत्र सहित सम्मान गरेका थिए।

उक्त कार्यक्रममा वरिष्ठ गायक रामकृष्ण ढकाल, हेमन्त शर्मालगायतको सहभागिता थियो । कार्यक्रममा आयुष केसीको नयाँ गीत ‘म एउटा बालक’ पनि रिलिज गरिएको थियो। उक्त गीत को संगीत एवम शब्द अमृत क्षेत्रिको रहेको छ। क्षेत्रिले प्रितम आचार्यको लागि पनि गीत तयार हुँदै गरेको जानकारी दिएका थिए।

नेपाली बालबालिकामा असिमित प्रतिभा रहेको र त्यसको खोजी गरी नेपाली बालबालिकालाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पुर्याउनु उक्त बाल गायन रियलिटी शो को उद्देश्य रहेको सुरशाला म्युजिक एकेडेमीका अध्यक्ष क्षेत्रिले बताए ।

अब हुने सिजन २ अन्तराष्ट्रिय स्तरको अन्य फ्रान्चाइज स्तरको बनाउने पनि क्षेत्रीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप