बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच नम्बर प्रदेश सरकारले गर्यो यस्ता ५ निर्णय

सोमबार, ०६ साउन २०७६, १८ : ०५
सोमबार, ०६ साउन २०७६

बुटवल– ५ नम्बर प्रदेश सरकारको आज बसेको बैठकले ५ वटा निर्णय  गरेको छ । बैठकपछि आयोजित पत्रकार सम्मेलमा प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले दुईवटा कार्यविधि स्वीकृत गरेको जानकारी दिएका छन् । बैठकले खानेपानी सरसफाई तथा स्वच्छता (वास)  कार्यविधि र शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी कार्यविधि स्वीकृत गरेको हो ।

त्यसबाहेक उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीको नेतृत्वमा चीन भ्रमणमा जाने सदस्यहरुको भ्रमण स्वीकृत गरेको छ । भ्रमणमा मन्त्री गिरीसहित प्रदेशसभा सदस्यहरु दधिराम न्यौपाने, सरस्वती गौतम, निर्मला क्षेत्री, बाबुराम गौतम, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वसन्त अधिकारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कृष्ण केसी र लुम्बिनी अञ्चल अस्पतालका डा.सागर न्यौपानेको भ्रमण बैठकले स्वीकृत गरेको हो । त्यस्तै सैनामैना नगरपालिका र चीनको गान्सु प्रान्त अन्तर्गत भागिनी सम्बन्ध कायम गर्न नेपाल सरकारलाई स्वीकृत पठाउने निर्णय पनि बैठकले गरेको छ ।

 खानेपानी सरसफाई तथा स्वच्छता (वास) कार्यविधिमा सबै गाउँपालिकाले वासको कार्यविधि बनाउनुपर्ने उल्लेख गरिएको छ । यसको अनुगमन नियन्त्रण भने भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत खानेपानी महाशाखाले गर्ने सरकारका प्रवक्ता वैजनाथ चौधरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप