शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शक्ति गौचनदेखि विक्रम न्यौपानेसम्म सम्मानित

सोमबार, ०६ साउन २०७६, १७ : ५५
सोमबार, ०६ साउन २०७६

बुटवल– राष्ट्रिय प्रतिभा तथा खेलाडीहरुलाई बुटवलमा सम्मान गरिएको छ । युवा प्रदेश नम्बर ५ समाजिक मन्त्रालयले प्रदेशका उत्कृष्ट खेलाडी तथा तथा युवा प्रतिभाहरुलाई बुटवलमा सम्मान गरेको छ । टेक्वान्दो खेलाडीदेखि क्रिटेट खेलाडी सम्मलाई आज  नगदसहित सम्मान गरेको जनाएको छ । विभिन्न क्षेत्रका युवा प्रतिभा र राष्ट्रिय र अन्र्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन युवा खेलाडीलाई नगद पुरस्कार र प्रशंसा पत्रसहति सम्मान गरिएको छ ।

उनीहरुलाई सम्मान गर्दै समाजिक विकास मन्त्री सुर्दशन बरालले प्रदेशमा खेलकुद विकास गर्नको नयाँलाई प्रोत्साहन र पुरानालाई सम्मान गर्ने बताए । उनले खेलाडीलाई आर्थीक रुपमा पनि सशक्त बनाउने बताए । सो अवसरमा टेक्वान्दो खेलाडी बनवास कालि पाल्पाका साजन पचभैया,गुल्मीका नवराज पोखरेल र भुवन श्रेष्ठ गुल्मीलाई सम्मान गरिएको थियो ।  एथलेटिक्सका खेलाडी कपिलवस्तुका सुदिप थारु, २ सय मिटर दौड तुल्सीराम थारु कपिलवस्तु, कराँते एकलमा सागर खासु मगर कपिलवस्तुलाई सम्मान गरिएको छ  ।

लङजम्पमा कपिलवस्तु कै लक्ष्मी रेग्मी पनि सम्मान गरिएको छ । यस्तै सबै धेरै क्रिकेट राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको छ । राष्ट्रिय क्रिकेट खेलाडी गुल्मीका सोमपाल कामी, रुपन्देहीका वसन्त रेग्मी, शक्ति गौचन र विक्रम न्यौपाने त्यस्तै सागर ढकाल गुल्मी, रोहितकुमार पौड्याल नवलपरासी र कुसल मल्ल रुपन्देहीलाई पनि सम्मान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप