बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कुलोमाथि डोजर चलाउँदा सयौं रोपनी खेत बाँझै

सोमबार, ०६ साउन २०७६, १५ : ३०
सोमबार, ०६ साउन २०७६

गुल्मी–  जिल्लाका अधिकांश स्थानमा खेत रोपेर सकिनै लाग्दा इस्मा गाउँपालिकाको एक फाँटमा भने रोपाईँ हुन सकेको छैन । 

असारको मुखमा मोटरबाटो बनाउने भन्दै डोजर चलाइँदा कुलो पुरिएर खेत बाँझै रहेको हो ।  इस्मा गाउँपलिका–३ दर्लामचौरमा  असारको मुखमा आएर डोजर चलाउँदा खयराफाँटको  १ सय ३ रोपनी  खेतको कुलो पुरिदा हालसम्म स्थानीय खिमलाल पाण्डेले बताए । 

पहिले कुलो बनाइदिने भन्दै डोजर चलाएको तर पछि नबनाइँदा रोपाई गर्न नसकिएको किसान गोपाल कुमालले बताए । आफ्नो ३  रोपनी  खेत बाँझैं भएको बताउँदै उनले भने, ‘ठेकेदारहरुले कुलो बनाउँछौं–बनाउँछौं भन्दा टार्दै आएका छन् तर आहिले सम्म आएका छैनन् ।’

किसान सुन्तली कुमाल,  पवित्रा कुमाल, राधिका  कुमाल, सुरेन्द्र पाण्डेले असार मसान्त भित्र  कुलो बनाइदिने सहमति भएको भएपनि कार्यान्वयन हुन नसकेको बताए । कुलो बनाउन पहल गरिदिन ईस्मा गाउँपालिका वडा नम्वर ३ का वडाध्यक्ष तोयनाथ सापकोटालाई आग्रह गर्दा पनि उनले सुनुवाइ नगरेको किसानहरुले बताएका छन् । 

 ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले ढिलाई भएको स्वीकार्दै ठेकेदारलाई तत्कल कुलो बनाउन लगाइने बताए । 

   मदन भण्डारी लोकमार्ग आयोजना कार्यालय तम्घासका अनुसार उक्त हुलाके–ठाडुङ्गा तर्फको ट्रयाक खोल्ने जिम्मा तारा लक्ष्मी न्यूलिजा जेभी कन्ट्रक्सनले पाएको हो । 

कार्यालयका सूचना अधिकृत ईञ्जिनियर सुमित केसीले एक किलो मोटरबाटोको ट्रयाक खोल्नका लागि ४७ लाख २६ हजार ५ सय ४४ रुपैयाबराबरको टेण्डर आह्वान भएको बताए । उनले  टेण्डर पछि ४१ लख ५८ हजारमा सम्झौता गरी काम सम्पन्न गरिएको बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप