शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डा.रुइतले नेपालको गौरवपूर्ण परम्परा सम्झाउनुभयो : प्रधानमन्त्री ओली

सोमबार, ०६ साउन २०७६, १४ : २६
सोमबार, ०६ साउन २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले डा.सन्दुक रुइतले नेपालको गौरवपूर्ण परम्परालाई सम्झाएको बताएका छन् । तिलगंगा आँखा प्रतिष्ठानको २५ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

प्रधानमन्त्री ओलीले विद्वान पूर्खाहरुको देश नेपालमा सन्दुकले आँखा उपचारको क्षेत्रमा चमत्कारिक काम गरेको बताए । ‘डा.रुइतले गौरवपूर्ण इतिहास सम्झाउनुभएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘आँखा उपचारको लागि विश्वको अग्रणी संस्था स्थापना गरेर धेरैलाई नयाँ संसार देखाउन उहाँ सफल हुनुभएको छ । त्यसकारण उहाँलाई बधाइ र संस्थालाई उत्तरोत्तर प्रगतिको शुभकामना ।’

डा.रुइतको प्रयासमा अन्धोपनका धेरै बिरामीहरुले नयाँ उज्यालो संसार देख्न पाएको प्रधानमन्त्री ओलीको भनाइ छ । तिलगंगा आँखा अस्पतालको प्रेरणाबाट धेरैले सेवामुखी अस्पताल खोल्ने प्रेरणा लिनुपर्ने उनको भनाइ छ । 

स्थापनाको २५ बर्ष मै धेरै उपलब्धी हासिल गर्न सकेको भन्दै प्रधानमन्त्री ओलीले रुइत र अस्पतालको प्रशंशा गरेका छन् । ‘तपाईंहरुका प्रयास र सेवा अनुकरणीय छन्’ प्रधानमन्त्री ओलीले भने, ‘सरकारको तर्फबाट तपाईंहरुलाई अनुसन्धान, तालिम र उपचारमा यथेष्ट सहयोग हुनेछ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप