बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महलजस्तै सजिएको छ शाहरुख खानको बंगला मन्नत, २०० करोडको घरलाई गौरी आफैंले गरिन् डिजाइन् (फोटोफिचर)

सोमबार, ०६ साउन २०७६, १२ : १३
सोमबार, ०६ साउन २०७६

किंग खानको नामले चर्चित बलिउड नायक शाहरुख खान प्रशंसकबीच निकै चर्चित छन् । शाहरुख आफ्नो परिवारसँग मुम्बईमा बस्छन् र उनको घर मन्नत कुनै राजमहलभन्दा कम छैन । सुरुवाती दिनमा शाहरुख खान मन्नत नजिकै बस्ने गर्दथे तर आज बान्द्रामा उनको निकै विलासी बंगला छ । करियरको उचाइमा पुगेपछि शाहरुख खान महलजस्तै देखिने बंगला खरिद गर्न चाहन्थे र उनको यो सपना अब पूरा पनि भएको छ । उनको यो घरलाई शाहरुख खानकी श्रीमती गौरी खानले डिजाइन गरेकी छिन् । गौरीले यो घरको हरेक कुनालाई निकै उत्कृष्ट तरिकाले डेकोरेट गरेकी छिन् ।

मन्नत थर्ड हेरिटेज स्ट्रक्चर भएको यस्तो घर हो जसलाई सन् १९२० को दशकमा बनाइएको थियो । यसलाई सुरुमा भिल्ला वियना नाम दिइएको थियो । पछि यसलाई शाहरुखले आफ्नो परिवारका लागि खरिद गरेका थिए र नाम राखे मन्नत । शाहरुख खानले २६,३२८.५२ स्क्वायर फिटमा फैलिएको यो बंगलालाई सन् २००१ मा खरिद गरेका थिए । त्यतिबेला यसको मूल्य १३.३२ करोड थियो । अब उनको घर मन्नतको मूल्य लगभग २०० करोड भारु बताइएको छ ।

शाहरुख खानको यो बंगलामा मल्टीपल एरिया छ । जसमा ५ बेडरुम, एक पुस्तकालय, जिम र अन्य सबैकुरा छन् जो एक सेलिब्रिटी परिवारलाई शानदार जीवनशैली बिताउनका लागि चाहिन्छ । एक अन्तरवार्तामा गौरीले आफ्नो घर बनाउन जुन प्रयास गरिन् त्यो निकै गहन भएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘घर सजाउन निकै मेहनत गरेको छु । यसका लागि विभिन्न स्थानमा यात्रा गरेको छु । यत्ति गरेपछि मात्र यो घर यस्तो हुन सकेको हो ।’

मन्नतको इन्टेरियर निकै भव्य रुपमा तयार गरिएको छ । मन्नतको अगाडि एउटा सुन्दर बगैंचा छ जसले घरलाई थप उत्कृष्ट बनाएको छ । स्मरण रहोस्, मन्नतलाई कुनै जमानामा सुटिङ लोकेशनको रुपमा प्रयोग गरिन्थ्यो । यहाँ सनी देओलको फिल्म ‘नरसिम्हा’ को क्लाइमेक्स सुट गरेको थियो । यो स्थानमा डेविड धवनको गोबिन्दा स्टारर ‘शोला र शबनम’ को सुटिङ पनि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप