देशभरका नदी तथा खोलामा बाढी, कहाँ–कहाँ छ खतरा ?
नेपाल बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन मुख्य नदीहरु कन्काई, कमला र बागमतीमा बहाब उल्लेख्य रुपमा बढ्ने जनाएको छ । सोमबार बिहान गरिएको मापन अनुसार केही शाखा नदीमा भने बहावले खतराको तह पार गर्ने सम्भावना रहेको छ ।
यसैगरी, महाशाखाका अनुसार भोलि र पर्सी प्रदेश १,२ र ३ का तपाई र पहाडका केही साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको छ । साथै, तटिय क्षेत्रमा पूर्वतयारी गर्न र प्रतिकार्यको लागि सचेत रहन महाशाखाले आग्रह गरेको छ ।
आज कोशी, नारायणी, कर्णाली र महाकाली नदी तथा यसका सहायक नदीहरुमा बहाव सामान्य बढ्दो क्रममा रहेका छन् । पूर्वानुमान अनुसार यी नदीहरुले सर्तकता तह पार नगर्ने तर कोशीका सहायक नदी सुनकोशी र तमोरमा बहाव तुलनात्मक रुपमा बढी हुने जनाइएको छ ।
श्रावण ०६
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 22, 2019
आगामी ३ दिन कन्काई, कमला र बागमतीमा बहाव उल्लेख्य बढ्ने, केही शाखा नदीमा बहावले खतराको तह पार गर्ने संभावना,भोली र पर्सी प्रदेश १,२र ३ का तराई र पहाडका केही साना नदीमा आकस्मिक बाढीको संभावना, तटिय क्षेत्रमा पूर्वतयारी गरौ, प्रतिकार्यको लागि समेत सचेत रहौ @NEOCOfficial pic.twitter.com/wMJ4DTky79
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीमाको मृत्युबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो
-
२६ करोड ६५ लाख कमाउँदै पाँचौँ सातामा ‘महाजात्रा’
-
पूर्व मुख्यसचिव शाक्यको अन्त्येष्टि
-
डोल्पामा हिउँ चितुवाको सङ्ख्यामा उल्लेखनीय वृद्धि