शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शाहरुख मुन्नाभाइ र सर्किट संजय दत्त, यस्ता स्टार कास्ट चाहन्थे हिरानी

सोमबार, ०६ साउन २०७६, १० : १६
सोमबार, ०६ साउन २०७६

आनन्द एल रायको फिल्म जिरोमा शाहरुखले आफ्नो भूमिकामाथि नयाँ प्रयोग गरे । उक्त फिल्ममा उनले सानो शहरका एक व्यक्तिको भूमिका निभाएका थिए । तर उनको त्यो प्रयोग सफल हुन सकेन र यो फिल्मपछि शाहरुखले आफ्नो कुन पनि प्रोजेक्ट फाइनल गरेका छैनन् । शाहरुखले राकेश शर्माको बायोपिकमा पनि काम गर्नसक्ने बताएका थिए तर उनले उक्त फिल्मबाट पछि हट्ने निर्णय गरेका थिए । त्यसपछि शाहरुख आफ्ना बच्चासँग छुट्टी मनाइरहेको भेटिएका थिए । उनले अहिलेसम्म कुनै प्रोजेक्ट फाइनल गरेका छैनन् तर अब यस्तो लाग्छ कि शाहरुखका प्रशंसकले अब उनको फिल्म हेर्न धेरै समय कुर्नुपर्दैन ।

डेक्कन क्रोनिकल्सको एक खबर अनुसार शाहरुखले केही रोचक स्क्रिप्टमा काम गर्ने निर्णय लिएका छन् तीमध्ये राजकुमारी हिरानीको एउटा फिल्म पनि समावेश छ । जहाँ राजकुमार हिरानीले आमिर खानसँग दुई ठूला फिल्ममा काम गरिसकेका छन्, शाहरुख र हिरानीले अहिलेसम्म एकपटक पनि सँगै काम गरेका छैनन् ।

रिपोर्टका अनुसार शाहरुखलाई हिरानीको सोच मनपरेको छ  र यो फिल्मसँग उनी आफ्नो गुमेको हिटको खोजी गर्न सफल हुने आशा गरिरहेका छन् । यसअघि रणबीर कपुरले पनि राजकुमार हिरानीसँग फिल्म सञ्जुमा काम गरेका थिए र यो फिल्मले बक्स अफिसमा ३ सय करोड बढी कमाउन सफल भएको थियो ।

स्मरण रहोस्, राजकुमार हिरानी सन् २००३ मा शाहरुख खानलाई मुख्य भूमिकाको रुपमा फिल्म ‘मुन्नाभाइ एमबीबीएस’ मा कास्ट गर्न चाहन्थे र यो फिल्ममा विवेक ओबरोयलाई सर्किटको रुपमा कास्ट गर्न चाहन्थे । एउटा रिपोर्ट यस्तो पनि थियो कि हिरानी शाहरुखलाई मुन्नाभाइ बनाउन चाहन्थे र संजय दत्तलाई सर्किटको भूमिकामा हेर्न चाहन्थे तर शाहरुखले यो फिल्ममा काम गर्न अस्विकार गरेका थिए । शाहरुखले यसबारे कुरा गर्दै भनेका थिए, ‘मलाई लाग्छ कि हरेक नायकको भाग्यमा केही फिल्म लेखिएको हुन्छ । मलाई लाग्छ कि मैले यो भूमिकालाई त्यति राम्रो तरिकाले निभाउन सक्दिनथेँ जति संजुले यो फिल्ममा गरेका छन् । ’

मुन्नाभाइ एमबीबीएस सुपरहिट फिल्म साबित भयो र यसलाई संजय दत्तको करियरको सबैभन्दा ठूलो फिल्मको रुपमा लिइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप