शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल

सोमबार, ०६ साउन २०७६, ०७ : ५५
सोमबार, ०६ साउन २०७६

अबको तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मोनोरेल सञ्चालन हुने भएको छ । काठमाडौँ महानगरपालिकाद्वारा पारित चालू आर्थिक वर्षको बजेटमा यो जानकारी दिइएको हो । महानगरपालिकाले चालू आर्थिक वर्षमा १५ अर्ब पचास करोड ७० लाख १२ हजार रुपियाँ बजेट पारित गरेको जानकारी दिएको छ । 

चालू आर्थिक वर्ष २०७६/७७ को पारित बजेटबारे आइतबार आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले आगामी तीन वर्षभित्र चक्रपथमा मोनोरेल सञ्चालन गरिने कार्ययोजना तय गरिएको जानकारी दिए । 

चक्रपथमा मोनोरेल सञ्चालन गर्न काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नका लागि चिनियाँ कम्पनी चाइना रेलवे २५औँ ब्युरो ग्रुप कम्पनी लिमिटेड 
(सीआरसीसी)सँग यसअघि नै सम्झौता गरिसकेका छन् । 

काठमाडौँमा मोनोरेल सञ्चालनका लागि सीसीआरसीले यसअघि नै सम्भाव्यता अध्ययन गरी सोको प्रतिवेदन महानगरपालिकालाई बुझाइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप