चन्दा आतंक मच्चाउँदै विप्लव समूह, अधिकतम दर २० लाख

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको सो समूहले राष्ट्रिय गौरवका आयोजना, ठूला, मझौला तथा साना उद्योग, चल्तीका शैक्षिक संस्था, विकास निर्माणसम्बन्धी अन्य आयोजनालगायतबाट चन्दा असुल गर्न तयार पारेको गोप्य सूचना प्रहरीले बरामद गरेको हो ।
सो समूहका पोलिटब्युरो सदस्य माइला लामाको साथबाट प्रहरीले चन्दा उठाउन तयार पारिएको दस्तावेजसहितका गोप्य कागजात बरामद गरेको छ । प्रहरीले शनिबार राति लामा र उनका सहयोगी रमेश तामाङलाई काँडाघारीबाट पक्राउ गरेको थियो ।
‘प्रतिबन्धित नेकपाका नेता लामाको साथबाट ४ सय व्यक्ति वा संस्थाबाट अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल्नेगरी तयार पारिएको सूची लगायतका गोप्य दस्तावेजहरु जफत गरिएको छ, ‘एसएसपी सहकुल थापाले भने । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसमा पुल भत्किएर रेल्वे ट्र्याकमा खस्दा ७ जनाको मृत्यु
-
'जन्ते बाख्रो साँझ'मा महेश र अस्मिताले नचाए दर्शक
-
अमेरिकाले इरानलाई पठायो आणविक सम्झौताको प्रस्ताव
-
सुनचाँदीकै मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
नेवार समुदायले इनार, पोखरी र ढुंगेधारा सफा गरी मनाए सिथि नखः पर्व (तस्बिरहरू)
-
ओखलढुंगामा अख्तियारको ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन’ अभियान