बेलप्रति जिदानको कूदृष्टि
एजेन्सी-रियल म्याड्रिडका चर्चित खेलाडी ग्यारेथ बेलप्रति प्रशिक्षक जिनेदिन जिदान रुस्ट छन् । जिदानले बेललाई प्रिसिजनको खेलमा समेत टोलीमा समावेश गरेका छैनन् । त्यसैले बेलले नयाँ सिजनको सुरुवातमै रियल छाड्ने लगभग पक्का जस्तै भएको छ ।
जिदानले बायर्न म्युनिखविरुद्धको खेलमा पनि बेललाई टोलीमा समावेश गरेनन् । बेलले यस खेल बेन्चमा समेत बसेर हेर्न पाएनन् । दर्शक दीर्घामा बसेर खेल हेरेका बेललाई प्रशिक्षक जिदानले लामो समयदेखि पाखा लगाएका छन् । जिदानले बेललाई आफ्नो योजनामा नरहेको र अन्यत्र भविष्य खोज्न समेत आग्रह गर्दै आएका छन । बेलले भने रियलमा आफ्नो सम्झौता बाँकी रहुन्जेल रियलमै बस्ने बताउँदै आएका छन् ।
आइतबार बायर्नसँगको खेलपछि जिदानले बेलको भविष्यबारे टिप्पणी समेत गरेका छन् । ‘बेललाई टोलीमा नराख्नुको कारण क्लबले उनको स्थानान्तरणको प्रयास गरेकाले हो । बेलले चाडैं क्लब छाड्दा उनकै लागि राम्रो हुन्छ । क्लबलाई पनि उनको ट्रान्सफरले राम्रो गर्छ,’ जिदानले भने । जिदान र बेलबीच यसअघि जिदान प्रशिक्षक छँदै खटपट रहेको थियो । जिदान पुनः रियल आएपछि उनी र बेलको सम्बन्ध थप चिसिएको छ । जिदानले भने खेलाडीसँग कुनैपनि व्यक्तिगत पूर्वाग्रह नरहेको भन्दै आफ्नो बचाउ गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘आँखा’ असार १४ देखि प्रदर्शनमा आउने
-
संविधान र कानुनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो : मन्त्री शर्मा
-
डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन : गृहमन्त्री
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
अदालतमा धरौटी राखेर रिहा भए दीपेशकुमार पुन
-
रेशमको मुद्दामा मिसिल झिकाउन आदेश