प्रहरीद्वारा महोत्तरीमा अवैध सामान बरामद
बर्दिबास- महोत्तरीको र्दुइ छुट्टाछुट्टै ठाँउबाट प्रहरीले अवैध सामान नियन्त्रणमा लिएको छ । जिल्लाको मनराशिशवा न.पा.वडा नं. ३ स्थित भारतबाट लुकाई छिपाई ल्याएको दो फूल नामको तोरीको तेल BR 30 J 2443 नं. मोटरसाईकल १ थान, नम्बर स्पष्ट नदेखिएको BR …897 नं. मोटरसाईकल १ थान गरी जम्मा ३९ हजार ३ सय ६० रुपैयाको सामान नियन्त्रणमा लिइएको छ ।
त्यस्तै महोत्तरी जिल्लाकै सम्सी गाउपालिका वडा नं. ७ स्थित शंकर मन्दिर जाने बाटोमा भारतबाट अवैध रुपमा ल्याई गोदाममा लुकाई राखिएको अवस्था विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीको गस्ती टोलीले अवैध सामान बरामद गरेको छ ।
बरामद गरिएको सामानहरु गुल,कस्तुरी, अवीर,झोला , राजनिवास , गुलाव जामुन, विका जी मिठाई,साग, दुधको प्याकेट,हवाफ घोडा, खाने तेल, दो फूल खाने तेल, नरिवल ,१२. बी. आर. ३० त्त १८२९ नं. डिस्कभर १२५ सीसी मोटरसाईकल १ थान गरी जम्मा २८ हजार ३ सय १० रुपैयां मुल्यको सामान बरामद गरेको छ ।
दुवै घट्नामा बरामद गरिएको सामान नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी महोत्तरी भन्सार कार्यालय जलेश्वर भिठ्ठामोडमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)