शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बायर्नसँग हार्यो रियल म्याड्रिड

आइतबार, ०५ साउन २०७६, २२ : ३९
आइतबार, ०५ साउन २०७६

एजेन्सी-प्रिसिजन तयारीका लागि जारी इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा स्पेनिस क्लब रियल म्याड्रिड जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको छ । आइतबार बिहान भएको खेलमा बायर्नले रियललाई ३–१ गोलले हरायो । बायर्नको जितमा कोट्रिन टोलिस्सोले १५औं, रोबर्टो लेवान्ड़ोस्कीले ६७औं र  सेर्गी गनाब्रीले ७० औं मिनेटमा गोल गरे ।

रियलका लागि  रोड्रिगोले ८५औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए । बार्यन ८१औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । वायर्नका स्भेन उलरीच रातो कार्ड पाउँदै बाहिरिए पनि रियलले प्रभाव जमाउन सकेन । 

च्याम्पियन्स कपकै अन्य खेलमा इङ्लिस क्लब आर्सनलले इटालियन क्लब फ्लोरेन्टिनालाई ३–० गोलले पराजित गर्यो । आर्सनलको जितमा एडवार्ड एनकेइटाले १५औं र ६५औं मिनेटमा दुई गोल गरे । जोसेफ विलकले ८९ औं मिनेटमा एक गोल थपेका थिए । अकोृ खेलमा म्यानचेस्टर युनाइटेडले इन्टरमिलानलाई १–० गोलले हरायो । युनाइटेडका जितमा मासोन ग्रीनउडले ७६औं मिनेटमा निर्णायक गोल गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप