शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरको एक निजी अस्पतालमा विरामीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

आइतबार, ०५ साउन २०७६, २० : ०९
आइतबार, ०५ साउन २०७६

जनकपुर– जनकपुरस्थित एक निजी अस्पतालमा चिकित्सकको लापरवाहीका कारण समान्य रोगीको ज्यान  गएपछि अवस्था तनावग्रस्त भएको छ । स्थानीय रामजानकी अस्पतालमा चिकित्सकको लापरवाहीका कारण धनुषा बटेश्वर गाउँपालिका वडा नम्बर ३ बस्ने ५२ वर्षीय बिन्देश्वर ठाकुरको आईतवार उपचारको क्रममा ज्यान गएको हो । एकाएक पेट दुख्न थालेपछि विहान ८ बजे हस्पिटलमा भर्ना भएका ठाकुरको जथाभावी औषधी प्रयोगले दिउँसो मृत्यु भएको परिवारको दावी छ । 

ठाकुरको मृत्युपछि अस्पतालमा तनाब बढेको छ । आफन्तजनले ठाकुरको जथाभावी औषधी प्रयोगले ज्यान गएको भन्दै घटनाको सुक्ष्म छानविन गरी अस्पतालमाथि कार्यवाही तथा क्षतिपुर्तिको माग गर्दै शव उठाउन मानेका छैनन् । साँझ त्यहाँ तोडफोड समेत भएपछि प्रहरीले लाठीचार्ज गरेको छ ।

मृतकका भतिज सञ्जय शर्माले काकालाई सामान्य पेट दुख्न थालेपछि अस्पतालमा उपचारका लागि ल्याएको बताए । उनले चिकित्सकले छिन छिनमै सुई दिने र जथाभावी औषधी सेवन गराउनाले उनको मृत्यु भएको दाबी समेत उनले गरे । उनले घटनाको तत्काल छानविन गर्न माग समेत गरे । 

यता अस्पताल प्रशासनका प्रतिनिधि विकासचन्द्र गुप्ताले बिरामीको अवस्था समान्य भएपनि  अचानक सिकिस्त भएपछि उपचारको क्रममा मृत्यु भएको बताए ।  उपचार गरिरहँदा उनको मृत्यू भएको डा. संजय चौधरीको भनाई छ  । उनका अनुसार सबै प्रकारको चेकजाँच गरेपछि विरामीको अवस्था समान्य थियो ।

त्यसैले बाहिर रेफर गर्ने अवस्था थिएन’ उनले थपे–‘पछि पेटको ग्यास निस्किने सुई लगाइयो, त्यतिबेला ग्यास निस्किन्छ र सुईको कारण अलि अलि फोक्सोको प्रेसर समेत बढ्छ । तर विरामीको फोक्सोको प्रेसर बढी भयो । त्यसको कारण मृत्यु भएको हुन सक्छ’ उनको अनुमान थियो । डा.चौधरीले उपचारमा जथाभावी औषधिको प्रयोग र कुनै प्रकारको लापवाही नभएको दावी गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप