शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुपन्देहीमा १८ समुदायिक विद्यालयलाई करिब २ करोडका आइसीटी सामग्री

आइतबार, ०५ साउन २०७६, १९ : ५६
आइतबार, ०५ साउन २०७६

बुटवल– रुपन्देहीको सैनामैना नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि नया पहल थालेको छ । नगरपालिकाका १८ सामुदायिक विद्यालयहरुलाई सूचना प्रविधिका डिजिटल उपकरणहरु वितरण गरिएको हो । १ करोड ७४ लाख ८९ हजार रुपैंयाको लगानीमा नगरपालिकाले सामुदायिक विद्यालयहरुका लागि ल्यापटप, कम्प्युटर, प्रोजेक्टर र प्रिन्टर (आइसीटी सामग्री) वितरण गरेको छ ।

नगरपालिका परिसरमा आइतवार एक समारोहको आयोजना गरि दुई सय ९ थान आइसीटी सामग्री प्रदान गरिएको हो । नगरभित्र रहेका सामुदायिक विद्यायलहरुलाई स्मार्ट कक्षा सञ्चालनसँगै शैक्षिक गुणस्तर सुधारका लागि प्रोत्साहनका लागि आइसीटी सामग्री प्रदान गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताए । प्रमुख कार्कीले आइसीटी सामग्रीको उच्चतम प्रयोग गर्दै शैक्षिक गुणस्तर सुधारको अभियानलाई प्रभावकारी बनाउन आग्रह समेत गरे । उनले विद्यालयमा छात्राहरुलाइ निशुल्क सेनेटरी प्याड, तातोचिसो पानीका लागि फिल्टर जडान गर्ने र बिद्यालयमा जंक फुड निशेष गर्न बजेट समेत बिनियोजन गरिएको कार्कीले बताए ।

कार्यक्रममा उपप्रमुख बिना राना, कांग्रेस नगर सभापति रामप्रसाद अधिकारी, नेकपाका नगर अध्यक्ष चेत नारायण न्यौपाने, शिक्षा शाखाका हेमराज अर्याल, केशवराज अर्याल, विद्यालयका शिक्षकहरु लगायतले बोल्दै नगरपालिकाले राम्रो कामको थालनी गरेको बताएका थिए । गत आर्थिक वर्षको बजेटबाट विद्यालय र कक्षा कोठालाई स्मार्ट बनाउनका लागि नगरका १८ वटा विद्यालयमा एक सय ३ सेट प्रोजेक्टर र ल्यापटप उपलब्ध गराएको थियो । शिक्षकलाई कम्प्युटर चलाउने तालिम समेत प्रदान गरिएको नगरपालिकाले जनाएको छ । शैक्षिक सुधारका लागि सैनामैनाले सुरु गरेको अभियान मुलुककै नमुना मानिएको छ ।
नगरपालिकाले सुरु गरेको शैक्षिक गुणस्तर सुधार अभियानका क्रममा नेपाली टाइप, पावर पोइन्टर स्लाइड, इन्टरनेटमा अध्यापन सामग्री कसरी खोज्ने भन्ने विषयमा शिक्षकले तालिम लिइसकेका छन् भने विद्यार्थीहरुलाई उपकरणबाटै पढाउन सुरु गरेका छन् । अहिलेसम्म दुई सय ४१ शिक्षकमध्ये धेरैले तालिम लिइसकेका छन् । प्रविधिको तालिम लिएका शिक्षकले प्रोजेक्टर र ल्यापटपको प्रयोगबाटै पढाउँदै आएको नगर शिक्षा अधिकृत हेमराज अर्यालले बताए ।

१४७ जनालाइ निशुल्क विद्युत मिटर वितरण

सोही क्रममा सैनामैना नगरपालिकाले नगरभित्र रहेका विपन्न परिवारलाइ निशुल्क विद्युत मिटर उपलब्ध गराएको छ । ११ वटा वडाबाट बिपन्न परिवारका सदस्यलाइ निशुल्क विद्युत मिटर वितरण गरिएको हो । सो अवसरमा नगर प्रमुख चित्रबहादुर कार्की र नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्र लगायतले बोलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप