शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माइला लामाको गिरफ्तारी: दुई पक्षीय वार्तामा कस्तो पर्ला असर ?

आइतबार, ०५ साउन २०७६, १९ : ५१
आइतबार, ०५ साउन २०७६

काठमाडौं–सरकारले नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) सँग वार्ताको प्रकृया अगाडि बढाए पनि विश्वासको वतावरण बनाउन सकेको छैन । सरकारले एकातिर वार्ताको लागि आह्वान गरेको छ भने अर्को तिर सो समूहका कार्यकर्तालाई धडपकट गरिरहेको छ । हिजो मात्र सो समूहका उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको छ । मध्यराती काठमाडौको काँडाघारीबाट पक्राउ उनी पक्राउ परेपछि वार्ताको वतावरणमा विश्वासको संकट उत्पन्न भएको छ । 

यो लामाको पक्राउसँगै वार्तामा असर पर्ने विश्लेषण भइरहेको छ । लामा सरकारसँग वार्ताकै लागि उपत्यका छिरेको पार्टी स्रोतले जनाएको छ । नेकपाका केही नेताहरुको निरन्तर सम्पर्कमा रहेका लामाको पक्राउसँगै सो समूहका अन्य नेताहरु सतर्क भएका छन् । 

वार्ताका वतावरण बनिरहेको बेला विप्लव समूहका नेताहरु अलि खुकुलो भएका थिए । सहजता महसुस गर्दै थिए । संघीय राजधानीको छेउछाउ आएर नेताहरुसँग सम्पर्क गरि वार्ता गरिरहेका थिए तर यो गिरफ्तारीले शंका उत्पन्न गरेको छ । 

सरकारले फागुन २८ गते सो समूहमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लागेपछि सो समूहका पाँचसय भन्दा बढी कार्यकर्ता गिरफ्तार भइसकेका छन् । त्यसले गर्दा त्यसको धरातल कमजोर भइसकेको छ । विप्लव समूहले पनि ‘सेफल्याण्डिङ्ग’ नै खोजेको हो । त्यसका लागि दुवै तर्फबाट वार्ताका लागि प्रयास भइरहेको थियो । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य मणि थापाले भने, ‘सरकार र विप्लव समूहबीच औपचारिक वार्ता शुरु नभएकाले सरकारले आफ्नो रणनीति अनुसार नै लामालाई गिरफ्तार गरेको हो बुझ्नुपर्छ ।’
वार्ताका लागि कुनै कुराको औपचारिकता भएको भए यो गिर्फतारीलाई अन्यथा भन्न मिल्थ्यो तर यो सरकारको रणनीति अन्तर्गत नै भएको आफूलाई लागेको उनले बताए । 

तर राजनीतिक हिसावले यो गिरफ्तारी गलत हो, उनले भने, सरकारले एकातिर वार्ताको कुरा गर्ने र अर्कोतिर गिरफ्तार पनि गर्ने यो दुईटै कार्यले वार्ताको वतावरण बन्दैन झन बिग्रिन्छ ।’  विप्लव समूहका एक नेताले रातोपाटीसँग भने, ‘औपचारिक वार्ता शुरु भएको थिएन । तर साइड टक शुरु भइसकेको थियो । यसैबेला गिरफ्तार गरेर सरकारले वतावरण विगरेको छ ।’ सरकारले पार्टीलाई गलाउने नीति लिएको छ तर आफूहरु पनि पछाडि नहट्ने बताए ।

विप्लव समूहसँग वार्ताका लागि नेकपाका शीर्ष नेताहरु नै सक्रिय भएका छन् । नेकपाका महासचिव विष्णु पौडेलले स्वयं नख्खु जेलमा रहेका सुदर्शनलाई भेटेको बताइन्छ । त्यस्तै जनार्दन शर्मा, कृष्णबहादुर महरा र सरकारको तर्फबाट वार्ता समितिका संयोजक रहेका सोम पाण्डेलगायतका नेताहरु विप्लव समूहका नेताहरुसँग छलफल गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप