मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सर्पको टोकाइबाट बारामा एक जनाको मृत्यु

आइतबार, ०५ साउन २०७६, १९ : ३९
आइतबार, ०५ साउन २०७६

रौतहट– रौतहटको कटहरिया नगरपालिका ७ घरभई बारामा बस्दै आएका एक बृद्धको बिषालुु सर्पदंशबाट मृत्युु भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिकामा वडा न ३ बतरा टोलमा बस्दै आएका रौतहट कटहरिया  ७ का  ७४ वर्षीय नथुनी राम चमारको सर्पदंश बाट मृत्युु भएको हो । आज बिहान साढे ६ बजेको समयमा दिशा गर्न चर्पी गएका बेला उहाँलाई चर्पीमा बस्ने वित्तिक्कै बिषालुु सर्पले टोकेका थियो । 

सर्पले टोकने बित्तिक्कै रामले कराउँदै बाहिर निस्किँदै गर्दा सर्पले दोहोर्याएर टोकेको पीडित परिवारको भनाई छ ।  लगातार दुईपटक सपले टोकेको  र समयमै अस्पताल पुरयाउन नसकेको कारण शरीरभर विष फैलिएकाले उपचार हुन नसकी मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मृतक राम पछिलो दुुईबर्षदेखि बाराको कोतवालस्थित छोरी ज्वाईको घरमा बस्दै आएका थिए । अविरल बर्षा र बाढीपश्चात तराईका जिल्लाहरुमा सपंदर्शका घटना बढेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप