शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्मचारी संचयकोषलाई लेखा समितिमा सांसदको प्रश्न : वाइडबडी विमानमा लगानी ठिक थियो ?

आइतबार, ०५ साउन २०७६, १९ : १०
आइतबार, ०५ साउन २०७६

काठमाडौं– संसदको सार्वजनिक लेखा समितिमा सांसदहरुले वाइडबडी विमानमा कर्मचारी संचयकोषको लगानीबारे प्रश्न उठाएका छन् । कर्मचारी सञ्चयकोषका अध्यक्ष शिशिर कुमार ढुंगाना र प्रशासक तुलसीप्रसाद गौतमलाई सांसदहरुले सो प्रश्न गरेका हुन् । 

नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले वाइडबडी विमानमा लगानी गर्नु हामीले ठीक ठाउँमा लगानी गरेका रहेछौँ भन्ने लागेको छ कि के छ भनेर प्रश्न गरे ।  उनले कर्मचारी सञ्चयकोषले हचुवाका भरमा लगानी गर्ने आरोप लगाउदै वाइड बडीको रकम कसरी उठाउने भन्दै प्रश्न गरे । 

कर्मचारी सञ्चयकोषमा पिउनदेखिको रकम हुने भन्दै आगामी दिनमा लगानी गर्दा ध्यान दिन आग्रह गरे ।  उनको जवाफ दिँदै कर्मचारी संचय कोषका अध्यक्ष शिशिरकुमार ढुङ्गानाले सरकार जमानी बसेकाले सो रकम दिइएको र आगामी दिनमा लगानी गर्दा ध्यान दिने बताए ।

उनले कर्मचारी संचयकोषले अहिले व्यापारिक काम भन्दा पनि सेवामूलक काममा हात हाल्दै गरेको बताए । उनले विभिन्न माथिल्लो साञ्जेन जलविद्युत आयोजना लगायत विभिन्न हाइड्रोपावरमा लगानी गरेको उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप